Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

शिखर इन्स्योरेन्स नाफा बढ्यो


नया सडक

२०८१, साउन ३० बुधबार

  • 402
    Shares

  • शिखर इन्स्योरेन्स नाफा बढ्यो

    काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासमा ५१ करोड ३० लाख २१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २२ करोड ६१ लख २५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष १२६.८७ प्रतिशत बढी नाफा आर्जन गरेको हो ।

    गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको खुद बीमाशुल्क १३.३२ प्रतिशत बढेर १ अर्ब ५६ करोड १२ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ३७ करोड ७७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।


    समीक्षा अवधिमा कम्पनीको खुद दाबी भुक्तानी ९.८२ प्रतिशत घटेर ९४ करोड ९७ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ५ करोड ३१ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।

    गत असारसम्म कम्पनीको कुल आम्दानी ४.०६ प्रतिशत बढेर २ अर्ब ५४ करोड ७७ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब ४४ करोड ८२ लाख रुपैयाँ कुल आम्दानी गरेको थियो ।

    यस्तै कम्पनीको कुल खर्च ४.७४ प्रतिशत घटेर १ अर्ब ८६ करोड ९१ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ९६ करोड २१ लाख रुपैयाँ कुल खर्च गरेको थियो ।

    समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी २ अर्ब ६५ करोड ४९ लाख रुपैयाँ, जगेडा कोष १७.५४ प्रतिशत बढेर १ अर्ब ७१ करोड ८८ लाख रुपैयाँ, महाविपत्ती कोष २२.१९ प्रतिशत बढेर १४ करोड १२ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्ग ३१ करोड ५१ लाख रुपैयाँ र अन्य इक्विटी ६.५७ बढेर ६० करोड १४ लाख रुपैयाँ सञ्चित छ ।

    कम्पनीको नाफासँगै प्रतिसेयर आम्दानी १०.८१ रुपैयाँ बढेर १९.३२ रुपैयाँ पुगेको छ । असार मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात ३७.४२ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ २०४.५९ रुपैयाँ रहेको छ ।

    प्रतिक्रिया दिनुहोस