Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

हिमालयन रिको खुद नाफा १ अर्ब २८ करोड ३५ लाख रुपैयाँ


नया सडक

२०८१, साउन ३० बुधबार

  • 363
    Shares

  • हिमालयन रिको खुद नाफा १ अर्ब २८ करोड ३५ लाख रुपैयाँ

    काठमाडौं । हिमालयन रि इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासमा १ अर्ब २८ करोड ३५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ६४ करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष ९७.६४ प्रतिशत बढी नाफा आर्जन गरेको हो ।

    गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको खुद बीमाशुल्क ८२.७५ प्रतिशत बढेर ५ अर्ब ४५ करोड ८४ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब ९८ करोड ६८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।


    समीक्षा अवधिमा कम्पनीको खुद दाबी भुक्तानी ४७.१९ प्रतिशत बढेर २ अर्ब ७५ करोड ३१ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ८७ करोड ४ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।

    गत असारसम्म कम्पनीको कुल आम्दानी ६७.०९ प्रतिशत बढेर ६ अर्ब ६२ करोड ७३ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ३ अर्ब ९६ करोड ६२ लाख रुपैयाँ कुल आम्दानी गरेको थियो ।

    यस्तै कम्पनीको कुल खर्च ५५.१२ प्रतिशत बढेर ४ अर्ब ७९ करोड ८० लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ३ अर्ब ९ करोड ३० लाख रुपैयाँ कुल खर्च गरेको थियो ।

    समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी ४९.५७ प्रतिशत बढेर १० अर्ब ४० करोड रुपैयाँ, जगेडा कोष १४०.८७ प्रतिशत बढेर १ अर्ब ९ करोड ७३ लाख रुपैयाँ, महाविपत्ती कोष १३६.७८ प्रतिशत बढेर ११ करोड १० लाख रुपैयाँ, रिटेन्ड अर्निङ्ग ५६ करोड ४३ लाख रुपैयाँ र अन्य इक्विटी ५१ प्रतिशत बढेर २ करोड ७४ लाख रुपैयाँ सञ्चित छ ।

    कम्पनीको नाफासँगै प्रतिसेयर आम्दानी ३.०६ रुपैयाँ बढेर १२.३४ रुपैयाँ पुगेको छ । असार मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात ४७.१५ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १५४.२६ रुपैयाँ रहेको छ ।

    प्रतिक्रिया दिनुहोस