Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

आइएमई र जीएमई एक भई सुरु गरे एकीकृत कारोबार


नया सडक

२०८१, साउन ३० बुधबार

  • 423
    Shares

  • आइएमई र जीएमई एक भई सुरु गरे एकीकृत कारोबार

    काठमाडौं। रेमिट्यान्स ल्याउने दुई कम्पनी आइएमई र जीएमई एक आपसमा गाभिएर बनेको कम्पनीले बुधबारदेखि एकीकृत कारोबार शुरु गरेको छ ।आइएमई लिमिटेडको नामबाट एकीकृत कारोबार थालिएको कम्पनीको  चुक्ता पुँजी १ अर्ब १५ करोड रुपैयाँ पुगेको हो ।कार्यक्रममा आइएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालले आइएमईलाई चाँडै नै पब्लिक कम्पनीमा लैजान लागेको बताए।

    आइएमई सुरुवातको समय करिब २० प्रतिशत मात्र औपचारिक रहेको रेमिट्यान्स अहिले करिब ८० प्रतिशत औपचारिक माध्यमबाट आउन थालेको नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्याङ्कले देखाएको छ। यसमा नेपालको पहिलो रेमिट्यान्स कम्पनीको रुपमा आइएमईको योगदान  धेरै नै छ।अध्यक्ष ढकालले नेपालमा आउने रेमिट्यान्सको करिब ५० प्रतिशत बजार हिस्सा पनि बैंक तथा वित्तीय संस्थाको रहेको बताए।

    प्रतिक्रिया दिनुहोस