Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

जोखिम मोलेर भएपनि नेपालको मौलिक शान्ति प्रक्रियामा आफू अडिग भएको प्रधानमन्त्री प्रचण्डको भनाइ


नया सडक

२०८१, साउन ३० बुधबार

  • 147
    Shares

  • जोखिम मोलेर भएपनि नेपालको मौलिक शान्ति प्रक्रियामा आफू अडिग भएको प्रधानमन्त्री प्रचण्डको भनाइ

    काठमाडौँ ।  प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको शान्ति प्रक्रिया नेपाली मौलिकतामा हुर्किएको बताएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकका विषयमा आफ्नो धारणा राख्दै प्रचण्डले नेपालको शान्ति प्रक्रिया मौलिक रहेको बताएका हुन् । 

    प्रचण्डले भने ’संसारभर चल्ने यसप्रकारका युद्धहरू कि त हारमा परिणत भएका छन् कि सम्पूर्ण रूपले जितमा तर, नेपालको शान्ति प्रक्रिया विश्वकै अनुपम शान्ति प्रक्रियाको रूपमा रहेको छ र हाम्रा अनुभव निकै मौलिक छन्,’ साथै उनले , ’हाम्रै गृह, जलवायु, माटो, संस्कृति र परम्परा अनुकूल हुर्किएको शान्ति प्रक्रियाको रूपमा यो रहेको छ । अरु देशको नकल यसमा छैन ।’

    प्रचण्डले नेपालको हतियार व्यवस्थापन र सेना समायोजन पनि सरल र सहज ढंगले भएको स्मरण गरे । सेना समायोजन  र हतियार व्यवस्थापन जटिल विषय भएपनि नेपालमा आधुनिक हतियार व्यवस्थापन र ठूलो संख्याको सेना समायोजना जटिल रहेपनि सहजै सम्पन्न भएको बताउँदै अध्यक्ष प्रचण्डले राजनीतिक नेतृत्वले जोखिम उठाएर सेना समायोजन गरिएको उनले बताए । सेना समायोजन गर्दा माओवादी पार्टी विभाजन भएर आफूलाई क्षति भएपनि देश बाचेको र शान्ति स्थापना भएको उनले  बताए ।

    प्रतिक्रिया दिनुहोस