Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

जनताको जनजीवनमा सकरात्मक परिवर्तन ल्याउन संविधान संशोधन गरिने प्रधानमन्त्री ओली संसदमा प्रष्टोक्ति


नया सडक

२०८१, साउन ३० बुधबार

  • 165
    Shares

  • जनताको जनजीवनमा सकरात्मक परिवर्तन ल्याउन संविधान संशोधन गरिने प्रधानमन्त्री ओली संसदमा प्रष्टोक्ति

    काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानका आधारभूत मूल्य र मान्यता यथावत राखेर सर्वस्वीकार्य संशोधन गर्न सकिने बताएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा प्रधानमन्त्री ओलीले संविधान संशोधन गर्दा समावेशितालगायतका विषयमा पनि ख्याल गरिने बताएका हुन् ।

    प्रधानमन्त्री ओलीले संविधान स्वीकार्यता र अस्वीकार्यताको रेखामा विभाजन गर्ने गरी होइन सर्वस्वीकार्य बनाउने प्रयासअन्तर्गत पनि संशोधन गर्न सकिने र गर्नुपर्छ भनिएको बताए ।जनताको जनजीवनमा कसरी सकरात्मक परिवर्तन ल्याउन सकिन्छ भन्नका खातिर संविधान संशोधन गर्न खोजिएको बताउँदै  प्रधानमन्त्री ओलीले जनचाहनाविपरीत संविधान संशोधन हुनै नसक्ने बताए ।

    प्रतिक्रिया दिनुहोस