Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

शान्ति प्रक्रियामा अवलम्बन गरिएको नीति उदाहरणीय र अनुकरणीय कांग्रेस सभापति देउवाको भनाइ


नया सडक

२०८१, साउन ३० बुधबार

  • 192
    Shares

  • शान्ति प्रक्रियामा अवलम्बन गरिएको नीति उदाहरणीय र अनुकरणीय कांग्रेस सभापति देउवाको भनाइ

    काठमाडौँ ।  कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालले शान्ति प्रक्रियामा अवलम्वन गरेको नीति विश्वका लागि उदाहरणीय र अनुकरणीय रहेको बताएका छन् ।बुधवार प्रतिनिधि सभा बैठकमा कानून, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदन सहितको बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग(तेस्रो संशोधन) विधेयक, २०७९ माथिको छलफलमा बोल्दै सभापति देउवाले बताएका हुन् ।

     विधेयकमा भएको राष्ट्रिय सहमतिले संक्रमणकालीन न्यायको जटिल कामलाई नेपाली राजनीतिक दलहरुले आफै सम्पन्न गर्न सक्षम छन् भन्ने सिद्ध भएको बताउँदै देउवाले शान्ति प्रक्रियाका बाँकी कार्य पूरा गर्न नसक्दा अन्यौलता एवं पीडितको न्याय पाउने अधिकार कुण्ठित भएको बताए ।पूर्वप्रधानमन्त्री देउवाले  यस विधेयकलाई अन्तर्राष्ट्रिय समुदाय र सरोकारवाला पक्षले पनि स्वागत गर्ने हाम्रो विश्वास रहेको बताए ।

    प्रतिक्रिया दिनुहोस