काठमाडौं। आन्तरिक राजस्व कार्याल कालीमाटी र प्रहरीको संयुक्त टोलीले काठमाडौंको कुलेश्वर स्थित एक गोदाममा मारेको छ ।राजस्व छली ड्राइफ्रुट ल्याइएको आशंका लागेका ठाउँहरूमा निगरानी बढाउने क्रममा सूचनाका आधारमा कुलेश्वरस्थितको गोदामहरूमा छापामारी गरिएको हो ।
राजस्व छली गरेर ल्याएको सामान भण्डारण गरी राखिएकोे सूचना पाएपछि प्रहरीको टोली कुलेश्वर पुगेको थियो ।सूचनाका आधारमा छापा मारिएको प्रहरीले जनाएको छ। गोदाम भारतीय नागरिकले सञ्चालन गरिएको जनाइएको छ ।गोदामबाट राजस्व छलीको ठुलो परिमाणको काजुसँगै कागजातहरू नियन्त्रणमा लिइएको छ ।
यसअघि प्रकाशित समाचारमा आन्तरिक राजस्व कार्यालय कालीमाटी हुनुपर्नेमा अन्यथा भएकाले सच्च्याइएको छ । सं.