Logo

Jun 22 2025 | २०८२, असार ८गते

Jun 22 2025 | २०८२, असार ८गते

images

अटोमोबाइल्स व्यवसायीहरूको ‘नाडा अटो शो’को तयारी पूरा, भदौको दोस्रो साता भृकुटीमण्डपमा आयोजना गरिने

अटोमोबाइल्स व्यवसायीहरूको ‘नाडा अटो शो’को तयारी पूरा, भदौको दोस्रो साता भृकुटीमण्डपमा आयोजना गरिने

  • काठमाडौं। गाडी  व्यवसायीहरूको सबैभन्दा ठूलो मेला ‘नाडा अटो शो’को तयारी पूरा भएको छ। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले तयारीबारे बुधबार एक पत्रकार सम्मेलनको आयोजना गरी जनाएको हो ।

    भदौ ११ देखि १६ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा  नाडाले अटोमोबाइल उद्योगलाई प्रोत्साहित गर्न मेला गर्न लागेको छ ।
    मेलामा २४ वटा चार पांंग्रे ब्रान्ड, १९ वटा दुई पांंग्रे ब्रान्ड र १२ वटा हल्का व्यावसायिक सवारी साधनका ब्रान्डको  प्रदर्शन गरिने नाडा अटो शोका कार्यवाहक संयोजक अनुपकुमार बरालले जानकारी दिए।

    उनका अनुसार ३३ कम्पनीका लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र अन्य अटो कम्पोनेन्ट पनि मेलामा रहनेछन्। मेलामा ७ वटा वित्तीय संस्थाले स्टल राख्ने तय भएको छ। ९५ प्रदर्शकले १३० स्टलमा आफ्ना उत्पादन र सेवाहरू प्रदर्शन गर्ने बरालले बताए।

    नाडाका अध्यक्ष करण चौधरीले  विगतमा भन्दा यो वर्ष नाडाले  यो मेला भव्यरूपले गर्न लागेको जनाउँदै अटो शोमा अटोमोबाइल क्षेत्रका नवीनतम प्रविधि प्रदर्शन हुने बताए । अध्यक्ष चौधरीले अर्थतन्त्रमा वृद्धि गर्न मञ्चको रुपमा काम गर्ने बताउँदै  मेलाले अटोमोबाइल क्षेत्रलाई पुनर्जीवित गर्ने विश्वास व्यक्त गरे ।

    चौधरीका अनुसार यो वर्षको प्रदर्शनीले आर्थिक गतिविधिलाई बढावा दिनुका साथै राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेल्दै  अटोमोबाइल समुदायको मनोबललाई पनि ऊँचो पार्नेछ ।

    मेला अवलोकन गर्न चाहनेले खल्ती एपमार्फत अग्रिम रूपमा टिकट खरिद गर्न सक्ने आयोजकले जनाएको छ ।  अग्रिम टिकट खरिदकर्ताका लागि भदौ १० सम्मका लागि २०% क्यासब्याकको व्यवस्था गरिएको नाडाले जनाएको छ। मेला करिब ७५ हजार मानिसले अवलोकन गर्नेे अनुमान गरिएको छ। मेलामा टाटा डट ईभी मुख्य प्रायोजक र शिखर इन्स्योरेन्स सह–प्रायोजकका रुपमा रहनेछन्।

     

     

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij