Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई दुई वर्षसम्म टिकटदेखि इन्धनसम्मको सहुलियत दिने निर्णय


नया सडक

२०८१, साउन ३१ बिहीबार

  • 378
    Shares

  • भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई दुई वर्षसम्म टिकटदेखि इन्धनसम्मको सहुलियत दिने निर्णय

    काठमाडौं । सरकारले भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई सहुलियत दिने भएको छ ।यी दुई अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमताका साथ  सञ्चालन गर्न टिकटदेखि इन्धनसम्मको  सहुलियत सरकारले दिने भएको हो  ।

    प्रधानमन्त्रीको नेतृत्वमा सम्बन्धित मन्त्रालयका मन्त्री र पदाधिकारीहरूको सहभागितामा बसेको बैठकले दुईवटै विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्ने सहुलियत दिने निर्णय गरेको हो ।विकल्प र उपायहरूबारे अध्ययन गर्न बनेको कार्यदलले दिएका सुझावका आधारमा सहुलियत दिन  निर्णय भएको छ ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले दुई अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामाा सञ्चालनमा ल्याउन हवाई टिकट, ग्राउण्ड ह्याण्डलिङ, हवाई इन्धनमा आगामी २०८३ साल भदौसम्म सहुलियत दिने कार्ययोजना बनेको बताए ।

    प्रतिक्रिया दिनुहोस