Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

१५ जना उपसचिवहरू कहाँबाट कहाँ सरुवा भए


नया सडक

२०८१, साउन ३१ बिहीबार

  • 123
    Shares

  • १५ जना उपसचिवहरू कहाँबाट कहाँ सरुवा भए

    काठमाडौं । संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले अवधि पूरा गरेका, फाजिलमा रहेका, काजमा खटिएका, मन्त्रीका सचिवालयमा माग भएका आधारमा १५ जना उपसचिवहरूको सरुवा गरेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव विनोदकुमार दाहाल विद्युतीय सुशासन आयोग पुगेका हुन् ।

    महिला, बालबालिका मन्त्रालयमा सरुवा भएर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका विजय शर्मा गएका छन् ।राष्ट्रिय महिला आयोगका माधवराज मरासिनी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पुगेका छन् भने ऊर्जा मन्त्रालयका उपसचिव हेमराज भुसाल राष्ट्रिय महिला आयोगमा सरुवा भई गए ।

    महिला, बालबालिका मन्त्रालयकी उपसचिव नीता शर्माको रक्षा मन्त्रालयमा सरुवा भएको छ भने वन तथा वातावरण मन्त्रालयबाट महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा काजमा रहेका रत्नेश शशीलाई महिला बालबालिका मन्त्रीको सचिवालयमा सरुवा गरिएको जनाइएको छ ।

    उपसचिव रविन ढकाल सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहबाट भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा भई गए भने संघीय मामिलाको अतिरिक्तमै रहेका रामहरी पाण्डे राष्ट्रिय योजना आयोगमा सरुवा भएर गएका छन् । फणिन्द्रप्रसाद पौडेललाई  रक्षा मन्त्रालयबाट गृह मन्त्रालयमा सरुवा गरिएको छ ।

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा रहेर मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय गण्डकीमा कामकाजमा रहेका हरि पंगेनीको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा गरिएको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय अन्तरगत कार्यरत ईश्वरीराज ढकालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा नै सरुवा भएको छ ।

    उपसचिव सुरेशराज जोशी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट गृह मन्त्रालयमा सरुवा भएका छन् । यसैगरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका कृष्णप्रसाद चापागाईं गृह मन्त्रालयमा सरुवा भई गए । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहका छविलाल पौडेलको गृह मन्त्रालयमा सरुवा गरिएको छ ।

     

     

    प्रतिक्रिया दिनुहोस