Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

हचुवाको भरमा काजु गोदाममा राजस्वको छापा , व्यापारी त्रसित


नया सडक

२०८१, साउन ३१ बिहीबार

  • 1.1k
    Shares

  • हचुवाको भरमा काजु गोदाममा राजस्वको छापा , व्यापारी त्रसित

    काठमाडौं । हचुवा सूचनाको आधारमा राजस्वले काजुका दुई गोदाममा छापा हानेको छ ।आन्तरिक राजश्व कार्यालय कालीमाटी र प्रहरीको संयुक्त टोलीले कुलेश्वर र नैकापमा रहेका दुई काजु गोदाममा छापा हानेको हो ।

     बुधबार दिउँसो युनिक स्पाइस एण्ड ड्राइफ्रुट प्रोडक्ट र  हरलालका एग्जिम प्रालिमा  राजस्व र प्रहरीको टोलीले छापा हान्दा भन्सार तिरेर ल्याएको काजु फेला परेको आन्तरिक राजस्व कार्यालय कालीमाटी स्रोतले बताएको छ ।

    राजस्वका कर्मचारी र प्रहरीको संयुक्त टोली छापा मार्न पुगेपछि  ड्राइफ्रुट्स तथा खाद्यान्न व्यापारीहरू त्रसित भएका थिए । गलत सूचनाको आधारमा सूचना पुष्टि नहुने तरिकाले छापा हान्दा व्यापारीहरू त्रसित हुन पुगेका छन् । छापा हान्दा  बिल बीजक अनुसार १६ हजार ८ सय ४५ केजी भन्दा बढी काजु फेला पारेको थियो ।

     

    प्रतिक्रिया दिनुहोस