काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले राष्ट्रिय सभामा महालेखा परीक्षकको ६१औं प्रतिवेदन पेश गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट सरकारका प्रवक्ता समेत रहेको सञ्चार मन्त्री गुरूङले बिहीबार बसेको राष्ट्रिय सभा बैठकमा सो प्रतिवेदन पेश गरेका हुन् ।
महालेखा परीक्षकको ६१औं प्रतिवेदन महालेखा परीक्षकको कार्यालयले गत जेठ ३१ गते सार्वजनिक गरेको थियो। बेरुजु बढ्दै गएकोमा प्रतिवेदनमा चिन्ता व्यक्त गरिएको छ ।