Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

कर बढाएको विरोधमा हेटौडाका व्यवसायीहरू आन्दोलनमा, व्यवसायीहरूले व्यवसाय बन्दगरी मेयर र उपमेयरलाई बुझाए साँचो


नया सडक

२०८१, साउन ३२ शुक्रबार

  • 441
    Shares

  • कर बढाएको विरोधमा हेटौडाका व्यवसायीहरू आन्दोलनमा, व्यवसायीहरूले व्यवसाय बन्दगरी मेयर र उपमेयरलाई बुझाए साँचो

    हेटौंडा । हेटौंडाका व्यवसायीहरूले   कर वृद्धिको विरोधमा आफ्ना व्यवसाय बन्द गरेर साँचो उपमहानगरलाई बुझाएका छन्।  मेयर मिनाकुमारी लामा र उपमेयर राजेश बानियाँले नाराबाजी गरिरहेका व्यवसायीहरूको भीडमा आएर साँचो बुझेका हुन् ।

    मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा भइरहेको कर वृद्धि विरूद्धको आन्दोलनलाई साथ दिंदै व्यवसायीहरूले शुक्रबार आफ्ना व्यवसाय बन्द गरेर उपमहानगर कार्यालयमा धर्ना दिएर बसेका हुन् । 

    मेयर र उपमेयरले आन्दोलनरत व्यवसायीहरूका केही प्रतिनिधिलाई भित्र आउन गरेको आग्रहलाई उनीहरूले अस्वीकार गरेका थिए । त्यसपछि मेयर र उपमेयले बाहिर आएर  व्यवसायीहरूबाट साँचो बुझ्न आएका थिए ।

    प्रतिक्रिया दिनुहोस