काठमाडौँ । व्यवस्थापन तथा स्रोतसम्बन्धी अमेरिकी उपविदेशमन्त्री रिचार्ड वर्मा नेपाल आइपुगेका छन् । उनलाई अमेरिकी राजदूत डीन थम्प्सनले स्वागत गरेका हुन् ।
नेपाल भ्रमणको क्रममा वर्माले प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री आरजु राणा देउवा तथा नेपाल सरकारका अन्य नेतृत्वकर्ताहरू, युएसएआईडी नेपालका कार्यक्रम कार्यान्वयन साझेदारहरू, चिया विज्ञहरू र नेपाली व्यवसायीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
उनी नेपालपछि भारतको भ्रमणमा शुक्रबार बेलुकी नै निस्कने कार्यक्रम रहेको छ ।