Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

बैंकहरूको मुद्दती निक्षेप ब्याजदर भदौमा घट्यो, हिमाल्यन र प्राइमले भने सामान्य ब्यादर बढायो


नया सडक

२०८१, साउन ३२ शुक्रबार

  • 375
    Shares

  • बैंकहरूको मुद्दती निक्षेप ब्याजदर भदौमा घट्यो, हिमाल्यन र प्राइमले भने सामान्य ब्यादर बढायो

    काठमाडौं । वाणिज्य बैंकहरूले भदौ महिना लागि बैंकहरूले मुद्दती निक्षेप व्याजदर सामान्य घटाएका छन्।साउनका लागि वाणिज्य बैंकहरूले मुद्दती निक्षेपमा औसत ६.६७ प्रतिशत ब्याजदर दिँदै आएकोमा भदौमा ब्याजदर घटेको हो ।भदौका लागि प्रस्तावित औसत ब्याजदर ६.४६ प्रतिशत रहेको छ ।तर दुई बैंकले भने सो व्याजदर बढाएका छन्।

    हिमालयन र प्राइम कमर्सियल बैंकको ब्याजदर सामान्य बढेको छ।हिमालयन बैंकले ६.२५ बाट बढाएर ब्याजदर सात प्रतिशत र प्राइमले ६.५ प्रतिशतबाट बढाएर सात प्रतिशत बनाएको छ ।भदौमा सबैभन्दा धेरै ब्याजदर एनएमबी र एनआइसी एशिया बैंकले दिने जनाएका छन्।

    बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ७.४१ प्रतिशतसम्म ब्याज दर दिने जनाएका छन् ।साउनमा कर्जाको वृद्धिदर समान्य रहेकोले बैंकहरूले लागत घटाउन निक्षेपको ब्याजदर घटाएका हुन्।बैंकहरूले साधारण बचतको व्याजदर कम्तीमा ३ प्रतिशतसम्म दिइरहेका छन्। बैंकहरूबाट कर्जा लगानी नभएको कारण राष्ट्र बैंकमा राख्ने रकममा समेत ३ प्रतिशतदेखि ५.४१ प्रतिशतसम्म रहेको छ ।

    प्रतिक्रिया दिनुहोस