Logo

Jun 22 2025 | २०८२, असार ८गते

Jun 22 2025 | २०८२, असार ८गते

images

नेपाल भ्रमणमा रहेका अमेरिकी उपविदेशमन्त्री वर्माले प्रधानमन्त्री ओलीसँग भेटे

नेपाल भ्रमणमा रहेका अमेरिकी उपविदेशमन्त्री वर्माले प्रधानमन्त्री ओलीसँग भेटे

  • काठमाडौं । नेपाल आइपुगेका अमेरिकाका व्यवस्थापन तथा स्रोतसम्बन्धी  उपविदेशमन्त्री रिचार्ड आर वर्माले शुक्रबार राजनीतिक भेटघाट थालेका छन् ।

    शुक्रबार काठमाडौं ओर्लनेबित्तिकै व्यस्त राजनीतिक भेटघाटको कार्यतालिका अनुसार उपविदेशमन्त्री वर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिंहदरबारमा शुक्रबार दिउँसो भेटेका हुन् ।

    प्रधानमन्त्री ओलीसँगको भेटमा  आर्थिक विकास, महिला सशक्तिकरण, ऊर्जा क्षेत्रमा सहकार्य सम्भावना लगायत विषयमा कुराकानी भएको सम्बद्ध स्रोतले बतायो । 

    यसका अतिरिक्त अमेरिकामा भइरहेको चुनाव र अन्तर्राष्ट्रिय कटनीतिक राजनीतिक विषयमा पनि छलफल भएको बुझिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij