Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

भिजन लुम्बिनी उर्जा कम्पनीको खुद नाफा ३७.५४ प्रतिशत बढ्यो


नया सडक

२०८१, साउन ३२ शुक्रबार

  • 288
    Shares

  • भिजन लुम्बिनी उर्जा कम्पनीको खुद नाफा ३७.५४ प्रतिशत बढ्यो

    काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनीले गत आवको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आवको चौथो त्रैमाससको तुलनामा गत आवको सोही अवधिमा ३७ दशमलव ५४ प्रतिशत वृद्धि भएको छ ।

    अघिल्लो वर्ष कम्पनीले रू. ११ करोड ८० लाख नाफा कमाएकोमा गत वर्ष बढेर रू। १६ करोड २३ लाख पुगेको छ ।गत वर्ष कम्पनीको कुल आम्दानीमा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो । अघिल्लो वर्ष कम्पनीको कुल आम्दानी रू.१२ करोड ९७ लाख रहेकोमा गत वर्ष बढेर रू. १७ करोड ८० लाख पुगेको छ । 

    कम्पनीको प्रतिशेयर आम्दानी ९ रुपैयाँ २६ पैसा, मूल्य आम्दानी अनुपात ४१ दशमलव ०१ गुणा र प्रतिशेयर नेटवर्थ १४० रुपैयाँ ३२ पैसा रहेको छ । हालसम्म आयोजनको ९९ प्रतिशत भन्दा बढी काम सम्पन्न भइसकेको कम्पनीले वित्तीय विवरण मार्फत जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस