Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

निओ मनि ट्रान्सफर र बेलायतको मनिटु बीच रेमिट्यान्स् भुक्तानी सम्झौता


२०८१, भदौ १ शनिबार

  • 372
    Shares

  • निओ मनि ट्रान्सफर र बेलायतको मनिटु बीच रेमिट्यान्स् भुक्तानी सम्झौता

    काठमाडौ । निओ मनि ट्रान्सफर र बेलायतको मनिटु लिमिटेडबीच रेमिट्यान्स् भुक्तानीका लागि सहकार्य भएको छ । सहकार्यसँगै अबदेखि बेलायतमा बसिरहनुभएका नेपालीहरुले सुरक्षित र सहज रुपमा पैसा पठाउन सक्ने कम्पनीले जनाएको छ । निओ मनि ट्रान्सफर पछिल्लो समय नेपालमा स्थापित एउटा छिटो, भरपर्दो र सुरक्षित मनि ट्रान्सफर कम्पनी हो । वैदेशिक रोजगारी साथसाथै उच्च शिक्षाको खोजीमा रहेका नेपालीहरुको रोजाइको गन्तव्यमा अहिले बेलायत निकै आकर्षक गन्तव्य हो । हाल बेलायतमा १,५०,००० भन्दा बढी नेपालीहरु आफ्ना परिवारका लागि काम गर्न साथ साथै उच्च शिक्षा हासिल गर्ने क्रममा बसोबास गरिरहेका छन् ।
    बेलायतमा रहेका नेपालीहरुले अब मनिटुको वेबसाइट पोर्टल र मोबाइल एप्लिकेसनबाट छिटो र प्रभावकारी रुपमा नेपालमा पैसा पठाउन सक्नेछन् । बैंक तथा वालेट भुक्तानी कारोवारहरु निओ मनि ट्रान्सफरको आधुनिक प्रविधिबाट तुरुन्तै सेवाग्राहिहरुको खातामा भुक्तानी हुनेछ । 
    साथै नगदमा पठाइएको कारोवार पनि निओ मनि ट्रान्सफरका नेपालभर रहेका १५,००० भन्दा धेरै शाखाहरुबाट सजिलै प्राप्त गर्न सकिनेछ । नयाँ सहकार्यबारे निओ मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृतसागर खनालले भन्नुभयो “हामी अब मनिटु सँग नयाँ साझेदारीको घोषणा गर्न पाउँदा निकै उत्साहित छौँ, मलाई आशा छ सबैभन्दा कम शुल्क र प्रतिस्पर्धी दरहरूमा कष्ट अफ मुभिङ्ग फण्ड घटाउने हाम्रो दृष्टिकोणलाई यस सहकार्यले समर्थन गर्दै आफ्ना प्रियजनहरूलाई सहयोग गर्न विदेशिएका नेपाली प्रवासीहरुको भावनालाई कदर गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दछ ।”

    प्रतिक्रिया दिनुहोस