Logo

Apr 20 2025 | २०८२, वैशाख ८गते

Apr 20 2025 | २०८२, वैशाख ८गते

images

शेयर बजारमा उछाल ल्याउने अर्थमन्त्री पौडेलका लागि पहिलो गाँसमा ढुँगा, साउनमा लक्ष्य भन्दा कम राजस्व असुली

शेयर बजारमा उछाल ल्याउने अर्थमन्त्री पौडेलका लागि पहिलो गाँसमा ढुँगा, साउनमा लक्ष्य भन्दा कम राजस्व असुली

  • काठमाडौँ ।  शेयर बजारमा उछाल ल्याउन अर्थमन्त्री विष्णु पौडेलका लागि चालु आर्थिक वर्षको पहिलो महिनामा कम राजस्व असुली भई पहिलो गाँसमा ढुँगा परेको चर्चा चल्न थालेको छ ।सरकारले साउनमा १ खर्ब २० अर्ब  ५१ करोड बराबरको राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । तर ९५ अर्बको हाराहारीमा राजस्व संकलन मात्र भएकाले यस्तो चर्चा चल्न थालेको हो ।

    लक्ष्यको २० प्रतिशत भन्दा बढीले कम राजस्व संकलन भएकाले पर्यवेक्षकहरूले यस्तो टिप्पणी गरिरहेका छन् ।अर्थमन्त्री पौडेल र अर्थमन्त्रालयका कर्मचारीहरूले साउनमा राजस्व संकलन बढी भन्दा बढी गर्ने प्रयास गरेका थिए । तर पनि राजस्व संकलन नभएकाले पर्यवेक्षकहरूले चुहावट बढी भएको अनुमान लगाउन थालेका छन् ।स्थिर सरकार गठन भएपछि राजस्व संकलनमा सुधार हुने अपेक्षा गरिए पनि त्यस अनुकूल काम भएको देखिएको छैन् । 

    विगतमा कुल गार्हस्थ्य उत्पादन जीडीपीको २१ प्रतिशतसम्म राजस्व संकलन हुने गरेकोमा अहिले उठ्न नसक्नु आफैमा चिन्ताको विषय भएको पर्यवेक्षकहरू बताउँछन् ।
    भन्सार बिन्दुबाट चुहावट बढेको हुन सक्ने कुरो देखिन्छ । यो विषय राजस्व संकलनका लागि गम्भीर समस्या हुन्छ ।अर्थमन्त्री पौडेलले जिम्मेवारी लिएयता सय दिने कार्ययोजना बनाउन तदारुकताका साथ लागेको बेला साउनको पहिलो महिनामै राजस्व संकलनमा कमी आएको हो । यसले कार्ययोजना बनाइरहँदा साउन महिनाको राजस्व संकलनमा ध्यान नदिइएको हो वा ध्यान दिइएको भएपनि राजस्व संकलन घट्दा आफैमा चिन्ताको विषय हो ।

    यो व्यवहार कार्ययोजनाको कार्यान्वयन लरतरो पाराले अघि बढे आउँदा समयमा झन स्थिति बिग्रिने चिन्ता गरिएको छ । साउनमा गरिएको कमीकमजोरी भदौ र भदौ पछि आउने महिनामा नदोहरिने विश्वास दिलाउन सकिने अवस्था नभएको पर्यवेक्षकहरूको भनाइ छ ।हुनत सय दिने कार्ययोजनामा राजस्व चुहावट नियन्त्रण गर्न केन्द्रीय द्रुत गस्ती टोली गठन गरी परिचालन गर्ने विषय समावेश गरिएकोले आगामी दिनमा राजस्व संकलनमा अपेक्षित सुधार परिणाम देखिने विश्वास गर्नु मनासिब रहेको उनीहरूको भनाइ छ तर  चालु आर्थिक वर्षको पहिलो महिना सरकारी बजेट खर्चभन्दा राजस्व सङ्कलन दोब्बर असुल भएको देखिएको छ ।

    महालेखा नियन्त्रक कार्यालयका अनुसार गत साउन महिनामा रु ४० अर्ब २० करोड ७६ लाख बराबर बजेट खर्च हुँदा रु ९६ अर्ब ९५ करोड ७१ लाख बराबर राजस्व उठेको थियो  । चालु आवको पहिलो महिनाको सरकारी खर्च वार्षिक लक्ष्यको दुई दशमलव १६ प्रतिशत र आम्दानी छ दशमलव ५९ प्रतिशत बराबर हो ।एक महिनामा चालुतर्फ रु १२ अर्ब ३८ करोड २२ लाख अर्थात् वार्षिक लक्ष्यको एक दशमलव ०९ प्रतिशत र पुँजीगततर्फ रु आठ अर्ब ५५ करोड ४८ लाख अर्थात् वार्षिक लक्ष्यको दुई दशमलव ४३ प्रतिशत बराबर छ । त्यस्तै, पुँजीगततर्फ वार्षिक लक्ष्यको पाँच दशमलव २५ प्रतिशत अर्थात् रु १९ अर्ब २७ करोड छ लाख बराबर खर्च भएको छ । चालु आर्थिक वर्षका लागि सरकारले चालुतर्फ रु ११ खर्ब ४० अर्ब ६६ करोड ४५ लाख, पुँजीगततर्फ रु तीन खर्ब ५२ अर्ब ३५ करोड ४० लाख र वित्तीय व्यवस्थातर्फ रु तीन खर्ब ६७ अर्ब २८ करोड ४५ लाख बराबर  विनियोजन गरेको छ ।

    सरकारले चालु आर्थिक वर्षका लागि रु १४ खर्ब ७१ अर्ब ६२ करोड ९५ लाख बराबर राजस्व उठाउने लक्ष्य छ । कर राजस्व रु १२ खर्ब ८४ अर्ब २० करोड, गैरकर राजस्व रु एक खर्ब ३५ अर्ब र वैदेशिक अनुदान रु ५२ अर्ब ३२ करोड ६५ लाख बराबर उठाउने लक्ष्य छ । चालु आर्थिक वर्षको पहिलो महिना सरकारले वैदेशिक अनुदान लिएको छैन । साउन महिनाको कुल सङ्कलित राजस्वमध्ये कर राजस्व रु ७७ अर्ब ४१ करोड २७ लाख र गैरकर राजस्व रु १७ अर्ब ३३ करोड  छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij