Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

भन्सार महानिर्देशकमा हरिशरण पुडासैनी र  आन्तरिक राजस्वमा रामप्रसाद आचार्यलाई पठाइयो


नया सडक

२०८१, भदौ २ आइतबार

  • 579
    Shares

  • भन्सार महानिर्देशकमा हरिशरण पुडासैनी र  आन्तरिक राजस्वमा रामप्रसाद आचार्यलाई पठाइयो

    काठमाडौं । सरकारले भन्सार विभागका महानिर्देशकमा हरिशरण पुडासैनी र आन्तरिक राजस्व विभागका महानिर्देशकमा रामप्रसाद आचार्यलाई पठाएको छ ।५९ जना सहसचिवहरूको सरुवा हुँदा भन्सार विभागका महानिर्देशक ढुण्ढीराज निरौलालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र आन्तरिक राजस्व विभागका महानिर्देशक शिवलाल तिवारीलाई कर्णाली प्रदेश प्रदेश प्रमुखको कार्यालयमा सरुवा गरी पुडासैनी र आचार्यलाई ती दुई पदको जिम्मेवारी दिई पठाइएको हो ।

    बिहीबारको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयमा ८ जना नयाँ सहसचिव पठाएपछि जिम्मेवारी तोक्ने र हेरफेर गर्ने काम भएको हो ।यसैगरी दीपक लामिछानेलाई वीरगञ्ज भन्सार कार्यालयको प्रमुख भन्सार प्रशासकमा नियुक्त गरिएको छ । कविता रेग्मी र गोपीकृष्ण कोइरालालाई आन्तरिक राजस्व विभागको उपमहानिर्देशकमा पठाइएको छ ।

    प्रतिक्रिया दिनुहोस