Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् भदौ २ आइतबारका मुख्यमुख्य आर्थिक समाचारहरू..........


नया सडक

२०८१, भदौ २ आइतबार

  • 378
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन् भदौ २ आइतबारका मुख्यमुख्य आर्थिक समाचारहरू..........

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज भदौ २ आइतबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू..........

    दुई दिन सार्वजनिक विदा , बुधबार मात्र शेयर बजार खुल्ने

    काठमाडौं  । अब बुधबार मात्र शेयर बजार खुल्ने भएको छ । सार्वजनिक विदाका कारण शेयर बजार २ दिन बन्द हुने भएको हो ।

     


    सोमबार सरकारले रक्षाबन्धनमा सार्वजनिक विदा दिएको छ । गृह मन्त्रालयले मंगलबार गाइजात्राको अवसरमा काठमाडौं उपत्यकामा विदा दिने भएको छ ।

    यससँगै शेयर बजार अब बुधबार मात्र खुल्ने भएको हो । अब यो साता बुधबार र बिहीबार मात्र शेयर कारोबार हुनेछ ।

    सूर्योदय वोमी लघुवित्तको एफपीओ नेप्सेमा सूचीकृत

    काठमाडौं  ।नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको ४६ हजार ७२९.५४५ कित्ता एफपीओ सूचीकृत भएको छ । यस संस्थाले साउन ४ गतेदेखि साउन ८ गतेसम्म बिक्री गरेको एफपीओ सूचीकरण गरिएको नेप्सेले जनाएको छ ।

    एक वर्षमा  कुल १ खर्ब ३० अर्ब ४७ करोड बराबरको धितोपत्र नेप्सेमा सूचीकृत

    काठमाडौं । पछिल्लो एक वर्षमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा कुल १ खर्ब ३० अर्ब ४७ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन्। नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को वार्षिक तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा गत आर्थिक बर्षमा १ खर्ब ३० अर्ब ४७ करोड बराबरको थप धितोपत्र सूचीकृत भएको उल्लेख छ ।

    राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८०/८१ मा ८६ अर्ब ८१ करोड बराबरको साधारण सेयर, २१ अर्ब ९८ करोड बराबरको हकप्रद सेयर, २१ अर्ब ६५ करोड बराबरको बोनस सेयर र ३ करोड बराबरको एफपीओ गरी कुल १ खर्ब ३० अर्ब ४७ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन्। नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०८१ असार मसान्तमा सूचीकृत ८ अर्ब ३२ करोड सेयरको चुक्ता मूल्य ८ खर्ब २५ अर्ब ५ करोड रहेको छ ।

    शेयर बजार : नेप्से परिसूचक ३४.४७ अंकले घटेर  २९६६.३३ विन्दुमा ,२८ अर्ब ८३ करोडभन्दा बढीको कारोबार

    काठमाडौँ । आज नेप्से परिसूचक ३४.४७ अंकले घटेर  २९६६.३३ विन्दुमा आएको छ । आज २८ अर्ब ८३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १३ मध्ये ४ वटा समूहका सूचक बढेका छन् । ५ वटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् ।
    यस दिन ३३० कम्पनीको ६ करोड ५४ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएकमो छ । कारोबार रकमका आधारमा हिमालयन रिइन्सुरेन्सको सबैभन्दा बढी ८२ करोड रुपैयाँको सेयर किनबेच भएको छ । आज कारोबार रकमकै आधारमा दोस्रो र तेस्रो स्थानमा क्रमशः अपि पावर र कुमारी बैंक परेका छन् । 

     
    मूल्यवृद्धि पाँच दशमलव ४४ प्रतिशत

     

     

    काठमाडौँ । गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक औसत मुद्रास्फीति पाँच दशमलव ४४ प्रतिशत रहेको छ ।
     
    नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको गत आर्थिक वर्षको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार मूल्यवृद्धि वाञ्छित सीमाभित्र देखिएको हो । राष्ट्र बैङ्कका आनुसार गत आवमा आयात एक दशमलव दुई प्रतिशतले र निर्यात तीन प्रतिशतले घटेको छ । अघिल्लो वर्ष आयात १६ दशमलव एक प्रतिशतले र निर्यात २१ दशमलव चार प्रतिशतले घटेको थियो ।

    धितोपत्र सम्बन्धी संसदमा प्रस्तुत विधेयकमा इन्साइडर ट्रेडिङ गर्ने अपराधमा जरिवाना बढाउने प्रस्ताव

    काठमाडौं । शेयर बजारमा भितरिया कारोबार अथवा इन्साइडर ट्रेडिङ गर्ने अपराध गर्नेहरूलाई जरिवाना संशोधन गरी  बढाउने तयारी गरिएको छ ।धितोपत्र सम्बन्धी ऐन २०६३ लाई संशोधन गर्न बनेको संसदमा प्रस्तुत गरिएको विधेयकमा यस्तो  प्रस्ताव गरिएको गरिएको हो ।

     

    इन्साइडर ट्रेडिङमा दोषी देखिए बिगो बमोजिमको जरिवाना वा तीन वर्षसम्म कैद सजाय वा दुवै सजायको व्यवस्था गरिएको छ । हाल सो दोष ठहर भएमा बिगो बमोजिमको जरिवाना वा एक वर्षसम्म कैद सजाय वा दुवै सजाय हुने व्यवस्था छ ।

    कुनै व्यक्तिले सार्वजनिक नभएका धितोपत्रको मूल्यमा असर पार्न सक्ने भित्री सूचना वा जानकारीको आधारमा आफैले वा अरुलाई धितोपत्र कारोबार गर्न लगाएर वा आफूलाई थाहा भएको सूचना वा जानकारी आफ्नो कर्तव्य पालनाको सिलसिलामा बाहेक अरु कसैलाई दिएमा त्यस्तो व्यक्तिले धितोपत्रको इन्साइड ट्रेडिङ  गरेको मानिन्छ ।

    नबिल बैंकले विशेष साधारण सभाका लागि भदौ ७ गते बुक क्लोज गर्दै

    काठमाडौं । नबिल बैंक लिमिटेडले भदौ १७ गते बोलाएको विशेष साधारण सभाका लागि भदौ ७ गते बुक क्लोज गर्ने भएको छ । साउन २७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले अनलाईन प्रविधि जुम विधिमार्फत विहान ११ बजे विशेष साधारण सभा गर्ने निर्णय गरेको थियो ।

     

    कम्पनीले अग्राधिकार शेयर विक्री गर्ने प्रस्ताव पारितका लागि विशेष साधारण सभा गर्न लागेको हो । कम्पनीले प्रति शेयर १०० रुपैयाँका दरले ५ अर्ब रुपैयाँ बराबरको ‘नबिल ८५ अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ निष्कासन गर्न लागेको हो । कम्पनीको अधिकृत पूँजी २८ अर्ब रुपैयाँ मात्र रहेकोमा अग्राधिकार शेयर जारी गरेपछि अधिकृत पूँजी ३३ अर्ब रुपैयाँ कायम गर्ने प्रस्ताव पनि सभाका लागि तय भएको छ ।

    शेयर बजारमा उछाल ल्याउने अर्थमन्त्री पौडेलका लागि पहिलो गाँसमा ढुँगा, साउनमा लक्ष्य भन्दा कम राजस्व असुली

    काठमाडौँ ।  शेयर बजारमा उछाल ल्याउन अर्थमन्त्री विष्णु पौडेलका लागि चालु आर्थिक वर्षको पहिलो महिनामा कम राजस्व असुली भई पहिलो गाँसमा ढुँगा परेको चर्चा चल्न थालेको छ ।सरकारले साउनमा १ खर्ब २० अर्ब  ५१ करोड बराबरको राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । तर ९५ अर्बको हाराहारीमा राजस्व संकलन मात्र भएकाले यस्तो चर्चा चल्न थालेको हो ।

     

    लक्ष्यको २० प्रतिशत भन्दा बढीले कम राजस्व संकलन भएकाले पर्यवेक्षकहरूले यस्तो टिप्पणी गरिरहेका छन् ।अर्थमन्त्री पौडेल र अर्थमन्त्रालयका कर्मचारीहरूले साउनमा राजस्व संकलन बढी भन्दा बढी गर्ने प्रयास गरेका थिए । तर पनि राजस्व संकलन नभएकाले पर्यवेक्षकहरूले चुहावट बढी भएको अनुमान लगाउन थालेका छन् ।स्थिर सरकार गठन भएपछि राजस्व संकलनमा सुधार हुने अपेक्षा गरिए पनि त्यस अनुकूल काम भएको देखिएको छैन् ।

    प्रि ओपन सेसन : नेप्से सूचक १६.३८ विन्दुले बढ्यो

    काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक १६.३८ अंकले बढेको  छ । यससँगै सूचक ३०१७.२९ विन्दुमा आएको छ । ४ करोड ५९ लाख भन्दा बढीको सेयर कारोबार भएको छ । १ सय १९ कम्पनीको १ लाख १० हजार ७ सय ६४ कित्ता सेयर कारोबार भएको छ । 

     

    कुल ६८ कम्पनीको भाउ बढेको छ भने ३० वटाको मूल्य घटेको छ ।

    साल्ट ट्रेडिङ कर्पोरेसनको खुद नाफा १९.७७ प्रतिशतले घट्यो

    काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासमा ६ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको यसैअवधिको तुलनामा १९.७७ प्रतिशतले थोरै हो । अघिल्लो वर्ष यस कर्पोरेसनले ७ करोड ८८ लाख नाफा आर्जन गरेको थियो । 

     

     कम्पनीको आम्दानी भने ५२ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष ८ अर्ब ७८ करोड रुपैयाँ रहेको कम्पनीको आम्दानी अहिले बढेर १३ अर्ब ३५ करोड पुगेको छ ।  

    हाल साल्ट ट्रेडिङको चुक्ता पुँजी ३२ करोड ७ लाख रुपैयाँ रहेको छ । यसको जगेडा कोषमा १ अर्ब ४१ करोड रुपैयाँ जम्मा छ ।

    मानुषी लघुवित्त वित्तीयको विशेष साधारण सभा भदौ ७ गते

    काठमाडौं ।  मानुषी लघुवित्त वित्तीय संस्थाको भदौ ७ गते विशेष साधारण सभा बस्ने भएको छ । सभामा अन्य कुनै लघुवित्त कम्पनीसँग एकआपसमा मर्ज हुने प्रस्ताव पेश हुनेछ ।  कम्पनीले सञ्चालक समितिलाई आवश्यक प्रक्रिया अगाडि बढाउन सम्पूर्ण अख्तियारी दिने प्रस्ताव पेश गर्नेछ । 

    सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने लगायत प्रस्ताव पनि रहेका छन् । सभा, होटल प्यालिसेड रिसोर्ट, सूर्यविनायक भक्तपुरमा बिहान १०ः३० बजे सुरु हुनेछ ।

    यस्तो छ आजको विदेशी मुद्रा बिक्री विनिमय दर

    काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज भदौ २ गते आइतबार १ डलरको भाउ  १३४ रुपैयाँ ६१ पैसा कायम भएको छ । यस्तै, खरिददर १३४ रुपैयाँ ०१ पैसा कायम भएको छ । राष्ट्र बैंकका अनुसार आज १ युरोको बिक्रीदर १४७ रुपैयाँ ९४ पैसा रहेको छ भने खरिददर १४७ रुपैयाँ २८ पैसा रहेको छ । बेलायती पाउन्ड १ को बिक्रीदर १७३ रुपैयाँ ६९ पैसा खरिद दर १७२ रुपैयाँ ९२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 

     

    त्यसैगरी, अष्ट्रेलियन डलर १ को खरिददर आज ८८ रुपैयाँ ८४ पैसा र बिक्रीदर ८९ रुपैयाँ २४ पैसा तोकिएको छ । क्यानेडियन डलर १ को खरिददर भने ९७ रुपैयाँ ५९ पैसा र बिक्रीमा ९८ रुपैयाँ ०२ पैसा पाइन्छ ।

    सुनको भाउ नयाँ रेकर्ड कायम,  प्रतितोला  एक लाख ५२ हजार ६०० रुपैयाँ

    काठमाडौं ।नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ५२ हजार ६०० रुपैयाँमा खरिद बिक्री भईरहको छ ।शुक्रबार छापावाला सुन प्रतितोला एक लाख ४९ हजार ६०० रुपैयाँमा खरिदबिक्री भएको थियो।
    आज चाँदीको मूल्य पनि बढेको छ । यसदिन चाँदीको मूल्य तोलामा ५० रुपैयाँले बढेको हो । आज चाँदीको मूल्य प्रतितोला एक हजार ८१० रुपैयाँमा खरिदबिक्री भईरहेको छ ।

    नेपाल उद्योग वाणिज्य महासंघद्वारा दीगो आर्थिक विकासका लागि नीतिगत सुधार विषयक अन्तरक्रियाको आयोजना

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले दीगो आर्थिक विकासका लागि नीतिगत सुधार विषयक शीर्षकमा आइतबार एक बृहत अन्तरक्रियाको आयोजना गरेको छ ।

     

    लगानी भित्र्याउनुपर्ने, पुँजीगत खर्चमा भइरहको ढिलासुस्ती हटाउनु पर्ने, शेयर बजारका समस्या लगायत समग्र अर्थतन्त्रमा देखिएको समस्या हटाउनुपर्ने माग  उठ्दै आएकोमा महासंघले यसको समाधानका लागि यो अन्तरक्रियाको आयोजना गरेको हो ।

    उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, उद्योगमन्त्री दामोदर भण्डारी, पूर्व मन्त्री, उद्योगी व्यवसायीका अगुवाहरू, विज्ञहरूको सहभागितामा यो अन्तरक्रियाको आयोजना गरिएको छ ।

    घट्यो अण्डाको मूल्य

    काठमाडौं  ।नेपालमा अण्डाको मूल्य घटेको छ । नेपाल कुखुरा व्यवसायी मञ्चका निवर्तमान अध्यक्ष राजेन्द्र लामिछानेले अण्डाको मूल्य घटेको जानकारी दिएका छन् ।

     

    उनका अनुसार असार अन्तिम सातामा ठुलो साइजको अण्डाको मूल्य ५२० रुपैयाँ प्रतिक्रेट रहेकोमा हाल प्रतिक्रेट २० रुपैयाँले घटेर पाँच सय रुपैयाँ भएको छ ।

    यस्तै, ठुलो साइजको अण्डा पछिल्लो पटक प्रतिक्रेट ५०५ रुपैयाँबाट घटेर ४७५ भएको छ । यस्तै, मध्यम खालको अण्डाको मूल्य ४४५ रुपैयाँ प्रतिक्रेटबाट घटेर ४१५ भएको लामिछानेको भनाई छ ।

    नगरकोट जङ्गलमा हराएका पर्यटकको १२ घण्टापछि उद्धार

    भक्तपुर ।भक्तपुरको नगरकोटस्थित मुहानपोखरी रानीझुला क्षेत्रमा घुम्ने क्रममा जङ्गलमा हराएका तीन भारतीय पर्यटक र एक नेपाली गाइडको १२ घण्टापछि सकुशल उद्धार गरिएको छ । 

     

    पर्यटकीयस्थल रानीझुला क्षेत्र घुम्न गएकामा बाटो भुलेर जङ्गलतर्फ लागेपछि हराएका भारतीय पर्यटक नीतिन तिवारी, रश्मी तिवारी, तनिस तिवारी र नेपाली गाइड हरिप्रसाद खरेलको १२ घण्टापछि सकुशल उद्धार गरिएको चाँगुनारायण नगरपालिका प्रमुख जीवन खत्रीले जानकारी दिनुभयोे ।

    पर्यटक जङ्गलमा हराएको जानकारी पाएलगत्तै नगरप्रमुख खत्रीले सामाजिक सञ्जालमार्फत खोजीका लागि सबैमा आह्वान गर्नुभएको थियो । लगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी, स्थानीय जनप्रतिनिधि र स्थानीयवासीसहितको टोलीले जङ्गलमा खोजी गर्ने क्रममा आज हलहले खोप ९खोल्ची० क्षेत्रमा उनीहरू  फेला परेका थिए ।

    ललितपुरको छम्पीमा भैरवको ख्वापाःसहितको आर्ट भिलेज

    काठमाडौँ।  ललितपुर गोदावरीको छम्पीमा भैरवको ख्वापाः (मुखाकृती)सहितको ‘नेपाल आर्ट भिलेज’ निर्माण हुने भएको छ । पञ्चधातु प्रयोग गरी निर्माण गरिने भैरवको ख्वापाः ७२ फिट अग्लो, ५८ फिट चौडाइ र ६५ टन तौलको हुने र उक्त ख्वापाः विश्वकै ठूलो हुने परियोजनाका संस्थापक सदस्य एवं प्रवक्ता रुपकमान महर्जनको दाबी छ । ख्वापाःलाई पाँच तलाको आरसिसी भवनमा फ्रेम बनाएर एसेम्बल गरिनेछ । भवनको अगाडीपट्टी ख्वापाः र भवनमा कला सङ्ग्रहालय स्थापना हुनेछ । कूल २३८ रोपनी क्षेत्रफलमा फैलिने परियोजनाको पहिलो चरणमा ५२ रोपनी क्षेत्रमा भैरवको ख्वापाः तथा अन्य सम्पदा र १८६ रोपनी क्षेत्रफलमा कलाग्राम रहनेछ ।

     

    “भैरवको ख्वापाःको अवलोकनसँगै भैरवसँग सम्बन्धित जानकारी अध्ययन गर्न पाइनेछ”, प्रवक्ता महर्जनले भने, “भवन परिसरमा भगवान गणेशका १६ प्रकारका मूर्ति तथा ६४ वटा विभिन्न भैरवका मूर्ति समेत राखिनेछन् ।” मुखाकृतिको ४२ फिटको उचाईमा भएको भैरवको आँखा (भैरवदृष्टि) बाट काठमाडौँ उपत्यका तथा मनोरम हिमश्रृङ्खलाको अवालेकन गर्न सकिने जनाइएको छ ।

    ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीद्वारा पदभार ग्रहण

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका नव नियुक्त प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले आइतबारदेखि पदभार ग्रहण गर्नुभएको छ । पदभार ग्रहणअघि प्रमुख कार्यकारी अधिकृत रेग्मीले बैंकको संचालक समितिका अध्यक्ष चन्द्रप्रसाद ढकालबाट पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको थियो । नवनियुक्त प्रमुख कार्यकारी अधिकृत रेग्मीको बैंकिङ्ग क्षेत्रमा तीन दशकभन्दा लामो अनुभव रहेको छ ।

     

    राष्ट्रिय वाणिज्य बैंकबाट बैंकिङ्ग करिअर सुरुगर्नुभएका रेग्मी २०६५ बैशाखमा नायव प्रबन्धक तहबाट ग्लोबल आइएमई बैंकमा प्रवेश गर्नुभएको थियो । ग्लोबल आइएमई बैंकमा कर्जा व्यवस्थापन, जोखिम तथा नियन्त्रण, बैंकिङ्ग अपरेसन, जोखिम व्यवस्थापन, अनुपालन, शाखा सञ्चालन, सामान्य प्रशासन, मर्जर व्यवस्थापन लगायत समग्र बैंकिङ्गको सुपरिवेक्षण तहमा काम गरिसकेका रेग्मी एक अब्बल बैंकरका रुपमा परिचित हुनुहुन्छ । उहाँसँग बैंकिङ्ग क्षेत्रको करिब ३५ वर्षभन्दा लामो अनुभव रहेको छ । नवनियुक्त रेग्मीले त्रिभुवन विश्व विद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर तथा वेलायतको युनिभर्सिटि अफ वेल्सबाट एमबीए गर्नुभएको छ ।

    अतिथि सत्कार सेवा व्यवसाय प्रवर्द्धन गर्न असोज १० देखि ‘काठमाडौंमा नेपाल हस्पिटालिटी कन्क्लेभ’को आयोजना हुँदै

    काठमाडौं । नेपालको आतिथ्यता क्षेत्रको विकास एवं प्रबर्द्धनमा टेवा दिने उदेश्यका साथ यही असोज १० गतेदेखि काठमाडौँमा नेपाल हस्पिटालिटी कन्क्लेभ २०२४ को आयोजना हुने भएको छ । काठमाडौं बुढानीलकण्डस्थित लेमोन ट्रि प्रिमियर होटलमा आयोजना हुने यस कार्यक्रमले होटल संचालक, सम्भावित लगानीकर्ता, नीति–निर्माता, नियामक, विज्ञ, नेपालमा संचालित विभिन्न राष्ट्रिय एवं अन्तराष्ट्रिय होटलहरुको नेतृत्व वर्ग, सेवाप्रदायक लगायत यस क्षेत्रसँग सम्बन्धित करिब २०० जनाभन्दा बढी सरोकारवाला तथा सहभागीहरुलाई एकै छानामुनी ल्याउने भएको हो ।

     

    दुईदिनसम्म चल्ने यस कार्यक्रमको क्रममा नेपालमा होटलहरुको वर्तमान अवस्था, समस्या एवं चुनौतीहरु, नयाँ चालचलन एवं अभ्यासहरु, नवप्रवर्तन, सहकार्य, आईटी प्रविधि, डिजिटल मार्केटिङ्ग तथा साझेदारी लगायतआतिथ्यता क्षेत्रसँग सम्बन्धित विविध विषयहरुमा घनीभूत छलफल हुनेछ ।

    एक वर्षमा भित्रियो १४ खर्ब ४५ अर्ब रेमिट्यान्स , १६.५ प्रतिशतले बढ्यो रेमिटेन्स

    काठमाडौं । आर्थिक वर्ष २०८०/८१ मा विप्रेषण आप्रवाह ९रेमिट्यान्स० १६।५ प्रतिशतले वृद्धि भएको छ। गत आर्थिक वर्षमा १४ खर्ब ४५ अर्ब ३२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको केन्द्रीय बैंकको तथ्यांक छ। 
    अघिल्लो वर्ष विप्रेषण आप्रवाह २३.२ प्रतिशतले बढेको थियो। यसैगरी अमेरिकी डलरमा विप्रेषण आप्रवाह १४.५ प्रतिशतले वृद्धि भई १० अर्ब ८६ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १३.९ प्रतिशतले बढेको थियो।

     

    समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत(नयाँ) लिने नेपालीको संख्या ४ लाख ६० हजार १०३ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ८१ हजार १९९ रहेको छ।

    आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक संसदमा दर्ता

    काठमाडौँ। सरकारले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक २०८१’ संसद्मा दर्ता गरेको छ । सरकारको नीति तथा कार्यक्रम एवम् वार्षिक बजेट पेस गर्ने प्रक्रियामा हुने छलफलका लागि पर्याप्त समय उपलब्ध गराउन, बजेट प्रणाली बाहिरका सार्वजनिक निकायबाट सरकारलाई पर्ने थप आर्थिक दायित्वलाई व्यवस्थित गर्न र बेरुजु फछ्र्यौटलाई प्रभावकारी बनाउन सरकारले उक्त विधेयक संसद्मा दर्ता गरेको हो । सङ्घीय सञ्चित कोष र अन्य सरकारी कोषको सञ्चालन, व्यवस्थापन तथा सोसँग सम्बन्धित आर्थिक गतिविधिलाई व्यवस्थित गर्ने उद्देश्यसहित ल्याइएको यो विधेयक अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गत शुक्रबार संसद्मा दर्ता गर्नुभएको हो । मन्त्रिपरिषद्को गत असार १७ गतेको निर्णयले यो विधेयक संसद्मा पेस गर्न स्वीकृति प्रदान भएको थियो ।

    वीरगञ्ज भन्सार कार्यालयका प्रमुखमा दीपक लामिछाने , वीरगञ्जबाट डिलाराम पन्थी महालेखा नियन्त्रक कार्यालय पठाइए

    काठमाडौं ।  मन्त्रिपरिषद्को निर्णय अनुसार सरुवा भइ अर्थ मन्त्रालय आएका सहसचिवहरुको जिम्मेवरी तोकिनुका साथै केही सहसचिवको जिम्मेवारी हेरफेर गरिएको छ । दीपक लामिछानेलाई विरगञ्ज भन्सार कार्यालयको प्रमुख भन्सार प्रशासक, कविता रेग्मीलाई आन्तरिक राजस्व विभागको उपमहानिर्देशक, गोपीकृष्ण कोइरालालाई आन्तरिक राजस्व विभाग उपमहानिर्देशक, रमेश अर्याललाई ठूला करदाता कार्यालयको प्रमुख कर प्रशासक, पार्वती शर्मालाई मध्यमस्तरीय करदाता कार्यालयको प्रमुख कर प्रशासकको जिम्मेवारी तोकिएको छ ।

     

    यसैगरी यमुना प्रधानलाई भन्सार विभागको उपमहानिर्देशक, जनकराज शर्मालाई भन्सार विभागको उपमहानिर्देशक, हरिशरण पुडासैनीलाई भन्सार विभागको महानिर्देशक, रामप्रसाद आचार्यलाई आन्तरिक राजस्व विभागको महानिर्देशक, डिल्लीराम पन्थीलाई महालेखा नियन्त्रक कार्यालयको सहमहालेखा नियन्त्रकको जिम्मेवारी तोकिएको छ । त्यसैगरी उत्तरकुमार खत्रीलाई अर्थ मन्त्रालय राजस्व व्यवस्थापन महाशाखा, मदन दाहाललाई अर्थमन्त्रालय प्रशासन महाशाखा, थानप्रसाद पंगेनीलाई अर्थ मन्त्रालय वित्तीय संघीयता समन्वय महाशाखा, महेश भट्टराईलाई अर्थ मन्त्रालय योजना अनुगमन तथा मूल्यांकन महाशाखा र अमृत लम्साललाई अर्थ मन्त्रालय अन्तर्गतको जिम्मेवारी तोकिएको छ ।

    धितोपत्र सम्बन्धी संसदमा प्रस्तुत विधेयकमा इन्साइडर ट्रेडिङ गर्ने अपराधमा जरिवाना बढाउने प्रस्ताव

    काठमाडौं । शेयर बजारमा भितरिया कारोबार अथवा इन्साइडर ट्रेडिङ गर्ने अपराध गर्नेहरूलाई जरिवाना संशोधन गरी  बढाउने तयारी गरिएको छ ।धितोपत्र सम्बन्धी ऐन २०६३ लाई संशोधन गर्न बनेको संसदमा प्रस्तुत गरिएको विधेयकमा यस्तो  प्रस्ताव गरिएको गरिएको हो ।

     

    इन्साइडर ट्रेडिङमा दोषी देखिए बिगो बमोजिमको जरिवाना वा तीन वर्षसम्म कैद सजाय वा दुवै सजायको व्यवस्था गरिएको छ । हाल सो दोष ठहर भएमा बिगो बमोजिमको जरिवाना वा एक वर्षसम्म कैद सजाय वा दुवै सजाय हुने व्यवस्था छ ।

    कुनै व्यक्तिले सार्वजनिक नभएका धितोपत्रको मूल्यमा असर पार्न सक्ने भित्री सूचना वा जानकारीको आधारमा आफैले वा अरुलाई धितोपत्र कारोबार गर्न लगाएर वा आफूलाई थाहा भएको सूचना वा जानकारी आफ्नो कर्तव्य पालनाको सिलसिलामा बाहेक अरु कसैलाई दिएमा त्यस्तो व्यक्तिले धितोपत्रको इन्साइड ट्रेडिङ  गरेको मानिन्छ ।

    आजको मौसम : गण्डकी, लुम्बिनी र कर्णाली  प्रदेशमा भारी वर्षाको सम्भावना

    काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ ।

     

    हाल साधारणतयादेखि पूर्णतया बदली रहेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

    आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली रही बाँकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा कोशी, बागमती र  गण्डकी प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका एक(दुई स्थानमा मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।काठमाडौं(हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ ।

     

    प्रतिक्रिया दिनुहोस