Logo

Nov 01 2025 | २०८२, कात्तिक १५गते

Nov 01 2025 | २०८२, कात्तिक १५गते

images

राजस्व अनुसन्धान विभागद्वारा अमेरिकी डलर तस्करी गरेको अभियोगमा २६ लाख बढी बिगोको मुद्दा दायर

राजस्व अनुसन्धान विभागद्वारा अमेरिकी डलर तस्करी गरेको अभियोगमा २६ लाख बढी बिगोको मुद्दा दायर

  • रसुवा ।  राजस्व अनुसन्धान विभागले अमेरिकी डलर चीनतर्फ तस्करीको गर्न लागेको आरोपमा पक्राउ परेका रसुवाका २१ वर्ष युवा नुर्पु तामाङविरुद्ध  २६ लाख ८३ हजारको राजश्व चुहावटको मुद्दा दायर गरेको छ ।राजस्व अनुसन्धान विभागले जिल्ला अदालत रसुवामा तामाङविरुद्ध २६ लाख ८३ हजार २ सय रुपैयाँ बिगो, बिगोको दोब्बर जरिवाना अनि कैद सजाय माग गर्दै  मुद्दा दायर गरेको हो । 

    विभागले जिल्ला अदालत रसुवामा मुद्दा दायर गरेको हो ।  अवैध अमेरिकी डलरसमेत ओसारपसार  कार्य गर्न लागेको अवस्थामा २१ वर्षमा तामाङलाई चीनको सीमा क्षेत्र रसुवागढी नाकाबाट पक्राउ गरिएको थियो ।संयुक्त टोलीले चेकजाँच गर्दा  उनको साथबाट अमेरिकी डलर बीस हजार बरामद भएको थियो । 

    बयानका क्रममा उनले अरू कसैको नाम नखुलाएपछि उनीविरुद्ध मात्र राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरेको हो ।  विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ३ (१), दफा ४ (१) तथा दफा ५ तथा दफा १२ अन्तर्गत नेपाल राष्ट्र बैंकबाट जारी सूचना विपरीतको कसुर हुँदा सोही कसुर गरेको अभियोग पत्रमा दाबी गरिएको छ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij