Logo

Sep 23 2024 | २०८१, असोज ७गते

images

मुख्यमन्त्री आचार्यलाई सात दलले विश्वासको मत दिँदै


नया सडक

२०८१, भदौ ४ मंगलबार

  • 312
    Shares

  • मुख्यमन्त्री आचार्यलाई सात दलले विश्वासको मत दिँदै

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई विश्वासको मत दिनलाई सात वटा राजनीतिक दलले विश्वासको मत दिने भएका छन् । लुम्बिनी प्रदेशसभाको चौथो अधिवेशनको २५ औं बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव प्रस्तुत  गर्ने तयारी भएको हो ।

    साउन ७ गते आचार्य कांग्रेसका २७ र एमालेका २९ गरी ५६ जना सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । ८७ सांसद रहेको लुम्बिनी प्रदेशभामा आवश्यक बहुमतको लागि ४४ सांसद संख्या चाहिन्छ ।

    मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिने व्यवस्था अनुसार ४ गते मंगलबार दिउँसो २ बजे लुम्बिनी प्रदेशसभामा आचार्यले विश्वासको मत लिने भएका हुन् ।

    प्रतिक्रिया दिनुहोस