Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

परराष्ट्रमन्त्री राणाले भारतका प्रधानमन्त्री मोदीलाई भेटेर नेपाल भ्रमणको निम्तो दिइन


नया सडक

२०८१, भदौ ४ मंगलबार

  • 351
    Shares

  • परराष्ट्रमन्त्री  राणाले भारतका प्रधानमन्त्री मोदीलाई भेटेर नेपाल भ्रमणको निम्तो दिइन

    काठमाडौँ । भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेटवार्ता गरी नेपाल भ्रमण गर्न निम्तो दिएकी छिन् ।मोदीसँगको भेटवारे परराष्ट्र मन्त्री राणाले सामाजिक सञ्जाल एक्समा आफू र मोदीले नेपाल–भारत सम्बन्धको बहुआयामिक विविधताबारे छलफल गरेको लेखेकी हुन् ।

    मोदीसँगको भेटले नेपाल भारतबीचको दुई देशीय सम्बन्धलाई नयाँ उचाइँमा पु¥याउने विश्वास व्यक्त गर्दै मन्त्री राणाले ‘ प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमण गर्न पठाएको   निम्तोपत्र मोदीलाई हस्तान्तरण गरेको पनि एक्समा लेखेकी छन् ।

    भारतीय विदेश मन्त्रालयले विज्ञप्तिमा मोदी र राणाबीचको भेटवार्तामा आपसी हितका विविध क्षेत्रमा भारत–नेपाल सहकार्यलाई थप सुदृढ बनाउने तरिकाबारे छलफल भएको उल्लेख गरेको छ । राणा र मोदीबीच सोमबार साँझ करिब ३० मिनेट कुराकानी भएको थियो ।

    मोदीसँगको भेटमा नेपालका कार्यवाहक राजदूत सुरेन्द्र थापा, परराष्ट्रका दक्षिण एसिया महाशाखाका प्रमुख भृगु ढुंगाना र मिनिस्टर काउन्सिलर द्रौपदा सापकोटा तथा भारतका तर्फबाट विदेशमन्त्री एस. जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोवल, प्रिन्सिपल सेक्रेटरी प्रमोदकुमार मिश्र, विदेश सचिव विक्रम मिस्री र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव सहभागी थिए ।

    मन्त्री राणाले सोमबार दिउँसो नै भारतीय विदेशमन्त्री  जयशंकरसँग भेटवार्ता गरिन्। उनीहरूबीच नेपाल–भारत सम्बन्धलाई थप प्रगाढ बनाउने र द्विपक्षीय सहयोग अभिवृद्धि गर्ने विषयमा छलफल भएको दिल्लीस्थित नेपाली दूतावासले जानकारी सार्वजनिक गरेको छ । 

    प्रतिक्रिया दिनुहोस