Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

अब धितोपत्र बोर्डको अध्यक्ष तथा सदस्य हुन सूचीकृत संस्थाका पदाधिकारी, विदेशी नागरिक , ६५ वर्ष नाघेका,  एफएनसीसीआई र आईक्यानको प्रतिनिधत्व गर्ने व्यक्ति अयोग्य हुने


नया सडक

२०८१, भदौ ४ मंगलबार

  • 306
    Shares

  • अब धितोपत्र बोर्डको अध्यक्ष तथा सदस्य हुन सूचीकृत संस्थाका पदाधिकारी, विदेशी नागरिक , ६५ वर्ष नाघेका,  एफएनसीसीआई र आईक्यानको प्रतिनिधत्व गर्ने व्यक्ति अयोग्य हुने

    काठमाडौँ । सूचीकृत संस्थाको पदाधिकारी नेपाल धितोपत्र बोर्डको अध्यक्ष बन्न नपाउनेलगायतका  व्यवस्था पारित हुन लागेको छ ।संघीय संसद्को प्रतिनिधिसभामा दर्ता भएको ‘धितोपत्रसम्बन्धी ऐन ०६३’ लाई संशोधन गर्न बनेको विधेयकमा बोर्ड सञ्चालक समितिमा यस्तो व्यवस्था प्रस्ताव गरिएको हो ।

    अहिले शेयर कारोबारमा संलग्न व्यक्ति धितोपत्र कारोबारमा सलंग्न भएको व्यक्ति बोर्डमा अध्यक्ष तथा सञ्चालक बन्न नपाउने व्यवस्था रहेको छ ।संसदमा प्रस्तुत विधेयकमा बोर्ड अध्यक्ष तथा सञ्चालकको अयोग्यतासम्बन्धी व्यवस्थामा ‘कुनै विदेशी मुलुकको नागरिकता वा स्थायी आवासीय अनुमतिपत्रप्राप्त गरेको व्यक्ति, कालोसूचीमा परेको व्यक्ति र ६५ वर्ष उमेर पूरा गरेको व्यक्ति,’ थप गर्नुपर्ने प्रस्ताव विधेयकमा छ ।

    यसैगरी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) का प्रतिनिधि रहने हालको व्यवस्था हटाउने प्रस्ताव गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस