Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

१८ स्थानीय तहमा राष्ट्रिय प्रसारण ग्रिडबाट  विद्युत पुग्न बाँकी,चालु आर्थिक वर्षमा सबै तहमा पु¥याइसक्ने प्राधिकरणको योजना


नया सडक

२०८१, भदौ ४ मंगलबार

  • 414
    Shares

  • १८ स्थानीय तहमा राष्ट्रिय प्रसारण ग्रिडबाट  विद्युत पुग्न बाँकी,चालु आर्थिक वर्षमा सबै तहमा पु¥याइसक्ने प्राधिकरणको योजना

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले  मुलुकका ५ सय ३९ स्थानीय तह पूर्ण विद्युतीकरण भएको जनाएको छ ।७ सय ५३ स्थानीय तहमध्ये १ सय ९६ मा आंशिक विद्युतीकरण भएकोे र १८ स्थानीय तहमा राष्ट्रिय प्रसारण ग्रिड पुग्न बाँकी रहेको जनाउँदै प्राधिकरणले यस्तो जनाएको हो ।

    राष्ट्रिय प्रसारण ग्रिड नपुगेका १८ स्थानीय तहका बासिन्दाले लघुजलविद्युत् र सौर्य ऊर्जाबाट बिजुली उपभोग गरिरहेका छन् । प्राधिकरणले विस्तृत अध्ययन गरी तयार पारेको ‘विद्युतीकरण तथ्यांक २०८१’ले जनाए अनुसार कुल जनसंख्याको ९९ प्रतिशतमा विद्युत् पुगेको छ ।विद्युत् ग्राहक संख्या सामुदायिक सहित ५९ लाख ३५ हजार पुगेको छ ।

    विद्युत् पहुँच भएको जनसंख्याको ९७ प्रतिशत जनसंख्यालाई राष्ट्रिय ग्रिडबाट र २ प्रतिशतले ग्रिडभन्दा बाहिर रहेका लघुजलविद्युत, सौर्य ऊर्जा लगायतबाट विद्युत् उपभोग गरिरहेको सो अध्ययन प्रतिवेदनले जनाएको छ ।७ प्रदेशमध्ये मधेशमा शतप्रतिशत विद्युतीकरण भएको छ । कोशीमा ९९.३० प्रतिशत, बागमती ९९.९७ प्रतिशत, गण्डकी ९९.४० प्रतिशत र लुम्बिनीमा ९८.४९ प्रतिशत विद्युतीकरण गरिएको छ ।

    कर्णाली प्रदेशमा सबैभन्दा कम अर्थात् ७४.३८ प्रतिशतमात्र विद्युतीकरण भएको छ । सुदूरपश्चिम प्रदेशमा ८६.५८ प्रतिशत विद्युतीकरण गरिएको छ ।प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चालू आर्थिक वर्ष २०८१÷८२ भित्र सबै नेपालीको घरमा भरपर्दो र गुणस्तरीय विद्युत् सेवा पु¥याउने नेपाल सरकारको घोषणा कार्यान्वयन गर्न सम्पूर्ण तयारी पूरा भई काम भइरहेको जनाएका छन् ।

    आर्थिक वर्ष २०७२÷७३ मा विद्युतीकरणको अवस्था ५८ प्रतिशतमात्र थियो । अहिले ९९ प्रतिशत पुगेको छ । र यो अवधिमा हासिल भएको महत्वपूर्ण उपलब्धि भएको घिसिङको दाबी छ ।प्राधिकरणले एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) र युरोपेली लगानी बैक (इआईबी) बाट २२ करोड अमेरिकी डलर सहुलियतपूर्ण ऋण लिएर लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा विद्युतीकरणका लागि निर्माण व्यवसायी छनोट गरी काम सुरु गरिसकेको छ ।

    त्यस्तै सरकारको लगानी र प्राधिकरण आफूले कमाएको नाफाबाट केही अंश छुट्याएर अन्य क्षेत्रमा विद्युत् पहुुँच विस्तार गर्न रकम जुटाइएको छ ।७७ जिल्लामध्ये हुम्लामा अझै राष्ट्रिय प्रसारण ग्रिड पुग्न नसकेको हो । 
     

     

     

     

     

     

     

    प्रतिक्रिया दिनुहोस