Logo

Nov 01 2025 | २०८२, कात्तिक १५गते

Nov 01 2025 | २०८२, कात्तिक १५गते

images

रसुवा र तातोपानी भन्सारबाट साउन महिनामा लक्ष्य भन्दा कम राजस्व असुली

रसुवा र तातोपानी भन्सारबाट साउन महिनामा लक्ष्य भन्दा कम राजस्व असुली

  • काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामा उत्तरी सीमाका दुई नाकाहरूमा लक्ष्य भन्दा कम राजश्व उठेको छ ।रसुवा भन्सार कार्यालय र तातोपानी भन्सार कार्यालयले क्रमशः ६५ प्रतिशत र   ८१ प्रतिशत राजश्व संकलन गरेको हो।साउन महिनामा रसुवा भन्सार कार्यालयले एक अर्ब ५४ करोड रुपैयाँ राजश्व असुली गरेको प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकले  जानकारी सार्वजनिक गरेका छन् । साउन महिनामा रसुवाको लक्ष्य  २ अर्ब ३६ करोड रुपैयाँ थियो।

    गत वर्ष सोही अवधिमा एक अर्ब ३ करोड राजश्व असुली भएको थियो। भन्सारको राजश्व वृद्धिदर ५० प्रतिशत पुगेको उनको भनाई छ।यसैगरी तातोपानी भन्सार कार्यालयमा चालु आर्थिक वर्षको साउनमा एक अर्ब ३६ करोड ७५ लाख रुपैयाँ भन्सार असुली भएको  भन्सार अधिकृत सुर्यप्रसाद काफ्लेले सार्वजनिक गरेको बताए।भन्सार कार्यालयले साउन महिनाको लागि एक अर्ब ६८ करोड रुपैयाँ राजश्व असुली गर्ने लक्ष्य राखेको थियो। लक्ष्यको ८१ प्रतिशत भन्सार असुली भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij