Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

माओवादी सत्ताको खेलमा छैन : उपमहासचिव पुन


नया सडक

२०८१, भदौ ५ बुधबार

  • 387
    Shares

  • माओवादी सत्ताको खेलमा छैन : उपमहासचिव पुन

    तुलसीपुर ।  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले आफ्नो पार्टी सत्ताको खेलमा नलाग्ने बताउनुभएको छ । 

    प्रेस सेन्टर दाङले आज घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले पार्टीले सडक र सदनबाट जनताका आवाज उठाउने बताउनुभयो । “हामीले सकारात्मक कोणबाट सडक र सदनमा जनताको आवाज उठाउँछौँ, सधैँ सरकारमा हुँदा जनतासँग टुटेको सम्बन्ध पुनर्स्थापित गर्न लाग्छौँ”, उपमहासचिव पुनले भन्नुभयो,“त्यसक्रममा आफ्ना कमजोरी जनतालाई भन्ने छौँ र सुधारको बाटोमा अघि बढ्ने छौँ ।”

    यसअघि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको पक्षमा काम गरेकाले त्यसबाट जनता खुसी भएको उहाँको दाबी छ ।  

    वर्तमान सरकारले संविधान संशोधनको नारा लगाएको र समानुपातिक समावेशीलाई संशोधन गर्न खोजे त्यसको जनस्तरबाटै विरोध हुने भन्नुहुँदै पुनले सकारात्मक उद्देश्यसहित संशोधन गर्ने कार्यलाई भने स्वीकार गर्न सकिने बताउनुभयो । 

    प्रतिक्रिया दिनुहोस