Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थामा रहेका १४खर्ब ३० अर्ब बढी रुपैयाँ बराबर निक्षेपको बीमा गरियो


नया सडक

२०८१, भदौ ५ बुधबार

  • 294
    Shares

  • गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थामा रहेका १४खर्ब ३० अर्ब बढी रुपैयाँ बराबर निक्षेपको बीमा गरियो

    काठमाडौँ । गत आर्थिक वर्षको असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थामा रहेको १४ खर्ब ३० अर्ब ४६ करोड रुपैयाँ बराबर निक्षेपको बीमा (सुरक्षण) भएको छ । ५६ वटा बैंक तथा वित्तीय संस्थाका ४ करोड ५७ लाख ९५ हजार प्राकृतिक व्यक्तिका नाममा रहेको  खातामा जम्मा गरएको निक्षेप सुरक्षण भएको निक्षेप तथा कर्जा सुरक्षण कोषले जनाएको हो ।

    अघिल्लो आर्थिक वर्ष ०८० असार मसान्तमा ४ करोड १३ लाख ८१ हजार खातामा प्राकृतिक व्यक्तिका नाममा रहेको १२ खर्ब ३२ अर्ब ९५ करोड निक्षेप सुरक्षण गरिएको थियो ।मौजुदा व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्थामा रहेको ५ लाख रुपैयाँ सम्मको बीमा हुनुपर्ने छ । यो बीमा व्यवस्था संस्थाका नाममा खुलेका खातामा रहेको निक्षेपमा  गरिँदैन् ।

    निक्षेप तथा कर्जा सुरक्षण कोषले २०८१ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाको २ खर्ब ९६ अर्ब ४५ करोड बराबरको लघु तथा विपन्न वर्ग कर्जा, साना तथा मझौला उद्योग कर्जा र कृषि कर्जा (नेपाल सरकारको ब्याज अनुदानमा प्रवाह भएको सहुलियतपूर्ण कर्जासमेत) सुरक्षण गरेको छ । ०८० असार मसान्तमा २७४ अर्ब ५५ करोड रुपैयाँ बराबरको यस्तो कर्जा सुरक्षण गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस