Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

राजस्व अनुसन्धान विभाग महानिर्देशकविहीन, कसले मार्ला बाजी ?


नया सडक

२०८१, भदौ ५ बुधबार

  • 1.0k
    Shares

  • राजस्व अनुसन्धान विभाग महानिर्देशकविहीन, कसले मार्ला बाजी ?

    काठमाडौँ । राजस्व अनुसन्धान विभाग महानिर्देशकविहीन भएको छ । राजस्व अनुसन्धान विभागमा  कसलाई पठाउने भन्ने विषय सरकारले टुंगो लगाउन नसक्दा विभाग महानिर्देशकविहीन भएको हो ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अन्तर्गतको राजस्व अनुसन्धान विभागमा प्रधानमन्त्रीको विशेष ‘इन्ट्रेस्ट’ रहने गरेको छ । प्रधानमन्त्रीकै चाहना अनुसार राजस्व अनुसन्धान विभागमा महानिर्देशक पठाउने गरिन्छ । नेपाल सरकारका सहसचिवहरू मध्येबाट एक जनालाई महानिर्देशकको जिम्मेवारी दिने गरिन्छ ।

    गत हप्ता ५९ सहसचिवहरूको सरुवा गरेको सरकारले पाँच जना सहसचिवहरूलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरेको थियो । तिनै पाँच जना मध्येबाट राजस्व अनुसन्धान विभागको महानिर्देशक  बनाइने छ ।

    यद्यपि महानिर्देशक बन्नका लागि सहसचिवहरू मध्ये सुमन दाहाल र चण्डीप्रसाद घिमिरे तथा अर्का एक सहसचिवको रस्साकस्सी हुँदा सरकारलाई महानिर्देशक पठाउन कठिनाइ भएको हो ।महानिर्देशक पठाउन विभिन्न शक्तिकेन्द्रहरू समेतको चलखेल हुने गरेको छ ।

    महानिर्देशकको जिम्मेवारी सम्हाल्दै आएका चक्रबहादुर बुढाको गत हप्ता सरुवा भएपछि आज महानिर्देशक बुढाले राजस्व अनुसन्धान विभागबाट बिदाबारी भइसकेका छन् ।

    प्रतिक्रिया दिनुहोस