Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

धरहरा खुला गर्ने तयारी भइरहेको छः उपप्रधानमन्त्री सिंह


नया सडक

२०८१, भदौ ५ बुधबार

  • 471
    Shares

  • धरहरा खुला गर्ने तयारी भइरहेको छः उपप्रधानमन्त्री सिंह

     

    काठमाडौँ ।  उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारले आमनागरिकका लागि  चाँडै धरहरा खुला गर्ने तयारी गरिरहेको बताउनुभएको छ । आज सिंहदरबारस्थित मन्त्रालयमा पूर्वाधार विषयमा लेख्ने पत्रकारसँगको अन्तरक्रियाका क्रममा उहाँले सरकारको सय दिनभित्रै धरहरा चढ्न मिल्नेगरी व्यवस्था मिलाउन लागिएको जानकारी दिनुभयो ।

     

    उहाँले धरहराको सबै काम नसकिए पनि धरहरा चढ्न चाहनेहरूका लागि आवश्यक बन्दोबस्त भने चाँडै हुने विश्वास व्यक्त गर्नुभयो । “धरहरा चढ्न चाहनेका लागि सरकारले एक सय दिनभित्रै केही व्यवस्था गर्नेछ । धरहराको सबै होइन केही भाग खुला गर्नका लागि हामी लागिरहेका छौँ”, उपप्रधानमन्त्री सिंहले भन्नुभयो ।

         

    यसअघि सरकार अस्थिर हुँदा नयाँ सहर निर्माण प्रक्रियामा ढिलाइ भएको भन्नुहुँदै उहाँले हाल संसद्कै दुई ठूला दल मिलेर सरकार बनेकाले नयाँ सहरलाई सुरक्षित र व्यवस्थित गर्ने काम अगाडि बढ्ने बताउनुभयो । 

         

    काठमाडौँ उपत्यकाको फोहरमैला व्यवस्थापनका लागि पनि मन्त्रालयले स्थानीय तहसँग आवश्यक छलफल गरिररहेको उपप्रधानमन्त्री सिंहले जानकारी दिनुभयो । सरकारले नीति निर्माणमा बढी जोड दिइरहेको पनि उपप्रधानमन्त्री सिंहको भनाइ थियो ।

    प्रतिक्रिया दिनुहोस