काठमाडौँ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ प्रतितोला ११ सय रुपैयाँले घटेर १ लाख ५१ हजार ९०० रुपैयाँ कायम भएको छ ।आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेर १८ सय ३० रुपैयाँ कायम भएको छ । यसअघि बुधबार चाँदीको भाउ प्रतितोला १८ सय ३५ रुपैयाँ रहेको थियो ।