Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

अमेरिकी परियोजना एमसीसी कार्यान्वयनको एक वर्षमा सीमापार १८ किलोमिटर प्रसारण लाइन र ३ सबस्टेशसन प्रसारण लाइन सम्झौता सम्पन्न


नया सडक

२०८१, भदौ ६ बिहीबार

  • 402
    Shares

  • अमेरिकी परियोजना एमसीसी कार्यान्वयनको एक वर्षमा सीमापार १८ किलोमिटर प्रसारण लाइन र ३ सबस्टेशसन प्रसारण लाइन सम्झौता सम्पन्न

    काठमाडौँ । अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेशनअन्तर्गतका परियोजना कार्यान्वयन सम्बन्धी सम्झौता (एमसीसी कम्प्याक्ट) कार्यान्वयनमा आएको एक वर्ष समीक्षा गरिएको छ । परियोजना लागु गर्ने संस्था मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालले हालसम्म १८ किलोमिटर लामो सीमापार विद्युत प्रसारण लाइन तथा ३ सबस्टेसन प्रसारण लाइनको ठेक्का सम्झौता सम्पन्न गरेको जनाएको हो ।

    मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालले २०२३–२४ को प्रगति विवरण सार्वजनिक गरी २९७ किलोमिटर प्रसारण लाइनका लागि यो वर्ष फेरि बोलपत्र आह्वान गरिने जनाएको छ । साथै परियोजनाले  १० जिल्लामा ८५६ वटा प्रसारण टावरको जग निर्माण गर्न  जग्गा प्राप्तिको काम पनि पूरा भइसकेको छ ।प्रतिवेदन सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा एमसीए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले एक वर्षमा भएका कार्य प्रगति र आगामी वर्षमा गरिने कार्यहरूको विषयमा जानकारी दिएका थिए ।
    कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत डीन.आर थम्प्सनले समावेशी एवं दिगो आर्थिक विकासमार्फत नेपालको हरेक घरमा ऊर्जा पु¥याउन, नेपाली अर्थतन्त्रलाई थप ऊर्जा दिन, रोजगारी सिर्जना गर्न र गरिबी न्यूनीकरण गर्न नेपालसँग सहकार्य गर्न अमेरिका तया रहेको र  एमसीसी नेपालले सफलता प्राप्त गर्ने विश्वास व्यक्त गरे ।

    आयोजना प्रभावित १० जिल्लामध्ये नौ जिल्लामा वन गणनाको काम सम्पन्न भएको छ । दुई वर्षे जीविकोपार्जन पुनस्र्थापना कार्यक्रममार्फत २७० जनालाई तालिम दिइसकिएको , जग्गाको मुआब्जा निर्धारण गर्न ९ जिल्लामा मुआब्जा निर्धारण समिति गठन गरिसकिएको जानकारी दिइएको छ ।धादिङ, मकवानपुर र नवलपरासी पश्चिम गरी तीन जिल्लाको मुआब्जा निर्धारण भइसकेको छ । ९ जिल्लामा पहिलो चरणको रुख गणना कार्य सम्पन्न भएको एमसीए नेपालले जनाएको छ । धान खोलोदेखि लमहीसम्म ४० किलोमिटर सडक खण्डका लागि यसै वर्ष बोलपत्र आह्वान गरिने छ । एमसीए नेपालले सडक मर्मतसम्भार आयोजनाअन्र्तगत सडक विभागलाई स्तरोन्नति, सडक परीक्षण उपकरण र प्राविधिक तालिम उपलब्ध गराइएको जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस