काठमाडौँ । कुमारी बैंक र इसेवाबीच डिजिटल कर्जासम्बन्धी सम्झौता भएको छ । इसेवा मोबाइल एपमार्फत इजी लोन सुविधा प्रदान गर्ने गरी कुमारी बैंक र इसेवाबीच यो सम्झौता भएको हो ।
कुमारी बैंकसँगको सम्झौताबाट इसेवाले आफ्ना एजेन्टलाई व्यवसाय वृद्धिका लागि बिना कुनै धितो, कागजी प्रक्रिया वा लामो झन्झटरहित दुई लाखसम्मको डिजिटल कर्जा सजिलै दिन सक्ने भएको छ ।
पहिलो चरणमा इसेवा एजेन्टहरूका लागि मात्र यो इजी लोन सेवा उपलब्ध गराइने भनिएपनि भविष्यमा चाँडै सम्पूर्ण प्रयोगकर्ताका लागि उपलब्ध गराइने इसेवाले जनाएको छ । इसेवामार्फत लिइने इजी लोन सुविधामा लागु हुने शर्तनामा इसेवाको वोबसाइट वा एपमार्फत जानकारी प्राप्त हुने छ ।