Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

पूर्व-पश्चिम राजमार्ग विस्तार कार्यतालिकाअनुसार काम नभए कारवाही हुन्छ : प्रधानमन्त्री


नया सडक

२०८१, भदौ ६ बिहीबार

  • 231
    Shares

  • पूर्व-पश्चिम राजमार्ग विस्तार कार्यतालिकाअनुसार काम नभए कारवाही हुन्छ : प्रधानमन्त्री

     

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व–पश्चिम राजमार्ग विस्तारमा कार्यतालिकाअनुसार प्रगति हासिल नगरे ठेक्का अन्त्य गरी थप कारवाही गरिने बताउनुभएको छ । 

     

    प्रतिनिधिसभाको आजको बैठकमा सांसदसँगको प्रश्नोत्तर कार्यक्रममा जवाफ दिँदै उहाँले यस विषयमा निर्माण व्यवसायीसँग कुराकानी गरी पेस गरेको कार्यतालिकाअनुसार एक वर्षभित्र सम्पन्न गर्ने गरी म्याद थप गरिएको जानकारी गराउनुभयो । 

     

    “पूर्व(पश्चिम राजमार्ग विस्तारमा अवरोधबिना अगाडि बढाउन सम्बन्धित चिनियाँ निर्माण व्यवसायीलाई बारम्बार सचेत गराइएको छ । एशियाली विकास बैंकको ऋण सहयोगमा सञ्चालित पूर्व(पश्चिम राजमार्गको बिशेष गरी नारायणघाट(बुटवल खण्डको स्तरोन्नतिबारे व्यवसायीसँग कुरा गरी म्याद थप गरिएको छ”, उहाँले भन्नुभयो ।

    प्रतिक्रिया दिनुहोस