Logo

Apr 20 2025 | २०८२, वैशाख ८गते

Apr 20 2025 | २०८२, वैशाख ८गते

images

राजस्व अनुसन्धान विभागको महानिर्देशकमा चण्डीप्रसाद घिमिरे र सम्पत्ति शुद्धीकरणमा सुमन दाहाललाई पठाइँदै

राजस्व अनुसन्धान विभागको महानिर्देशकमा चण्डीप्रसाद घिमिरे र सम्पत्ति शुद्धीकरणमा सुमन दाहाललाई पठाइँदै

  • काठमाडौँ । राजस्व अनुसन्धान विभागको महानिर्देशकमा चण्डीप्रसाद घिमिरे र सम्पत्ति शुद्धीकरण विभागको महानिर्देशकमा सुमन दाहाललाई पठाइँदै छ । यो समाचार तयार पार्दासम्म अन्तिम टुंगो लागि नसकेको भएपनि घिमिरेलाई राजस्व अनुसन्धान विभाग र दाहाललाई सम्पत्ति शुद्धीकरण विभागमा पठाउने तयारी भएको प्रधानमन्त्री कार्यालय उच्च स्रोतले नया सडकलाई बताएको छ ।

    राजस्व अनुसन्धान विभागमा जान तीन सहसचिव लागि परेका भएपनि  अन्ततः चण्डीप्रसाद घिमिरे मार्ने भएका छन् ।  यसअघि अधिकृत हुँदा पनि राजस्व अनुसन्धान विभागमा बसिसकेका घिमिरेलाई राजस्व अनुसन्धान विभागले गर्ने काम कारबाहीको विषयमा राम्रै ज्ञान छ ।यसअघि महानिर्देशक रहेका चक्रबहादुर बुढाको केही दिन अगाडि सरुवा भएर गइसकेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij