Logo

May 02 2025 | २०८२, वैशाख २०गते

May 02 2025 | २०८२, वैशाख २०गते

images

चुनौती नै चुनौतीका बीच राजस्व अनुसन्धान विभागको आजदेखि कमाण्ड सम्हाल्दै घिमिरे

चुनौती नै चुनौतीका बीच राजस्व अनुसन्धान विभागको आजदेखि कमाण्ड सम्हाल्दै घिमिरे

  • काठमाडौं । चुनौती नै चुनौतीका बीच राजस्व अनुसन्धान विभागको महानिर्देशकको कमाण्ड आजदेखि चण्डीप्रसाद घिमिरेले सम्हाल्दै छन् ।तत्कालीन महानिर्देश चक्रबहादुर बुढाको सरुवा भएपछि महानिर्देशक नियुक्त भएका चण्डीप्रसाद घिमिरेले आजैबाट राजस्व अनुसन्धान विभागको कमाण्ड सम्हाल्न लागेका हुन् ।

    २०५४ सालमा राजस्व समूहको अधिकृतमा लोकसेवा पास गरेका घिमिरले उपसचिव हुँदासम्म सोही समूहमा रहेर लामो समय काम गरेका थिए । उनी राजस्व बुझेका सहसचिवमध्येका मानिन्छन् । उनी २०७९ माघममा सहसचिवमा बढुवा भएका थिए । यसअघि राजस्व अनुसन्धान विभागमा अधिकृत हुँदा समेत बसेर काम गरेका घिमिरे राजस्व समूहका अव्वल क्याडरको रूपमा चिनिन्छन् । 

    मुलुकमा राजस्व छलीको अवस्था भयावह रहेको बेला राजस्व अनुसन्धान विभागको कमाण्ड सम्हाल्दै गरेका घिमिरेमाथि चुनौतीका चाङ रहेका छन् ।  उनलाई विभागमा वर्षौँदेखि पेण्डिङमा रहेका विभिन्न राजस्व छलीका फाइलहरू अध्ययन गरी टुंग्याउन फलामको च्युरा चपाएजस्तै हुनेछ ।  विभागमा आन्तरिक सुशासन कायम गरी चुस्तदुरुस्त ढंगले काम गर्न अर्को चुनौती रहनेछ ।

    अत्याधिक बढेको चोरी तस्करी नियन्त्रण गर्न घिमिरेलाई अर्को चुनौती बन्ने छ । राजस्व अनुसन्धान विभागको उपमहानिर्देशकमा पठाइएकी कृष्णकुमारी श्रेष्ठले पनि आजै जिम्मेवारी सम्हाल्दै छिन् । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij