Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

वीरगञ्ज सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयबाट भन्सार संकलन साउन महिनामा घट्यो , ३ अर्ब ७५ करोड असुल


नया सडक

२०८१, भदौ ९ आइतबार

  • 459
    Shares

  • वीरगञ्ज सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयबाट भन्सार संकलन साउन महिनामा घट्यो , ३ अर्ब ७५ करोड असुल

    वीरगञ्ज । चालु आर्थिक वर्षको साउन महिनामा सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगञ्जबाट  ३ अर्ब ७५ करोड राजस्व संकलन भएको छ ।भन्सार विभागले कार्यालयलाई चालु आवको साउनमा ४ अर्ब ७३ करोड ३१ लाख ४५ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेकोमा सो अवधिमा लक्ष्यको ७९.२८ प्रतिशत अर्थात् ३ अर्ब ७५ करोड २२ लाख ११ हजार रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ ।

    भन्सार विभागले कार्यालयलाई गत आवको साउनमा ४ अर्ब २४ करोड ६३ लाख ३५ हजार रुपैयाँ लक्ष्य निर्धारण गरेकामा सो अवधिमा लक्ष्यको ९६.०१ प्रतिशत अर्थात् ४ अर्ब ७ करोड ६९ लाख ९५ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो ।

    कार्यालयको गत आवको साउनको तुलनामा चालु आवको साउनमा राजस्व संकलन ३२ करोड ४७ लाख ८४ हजार रुपैयाँले घटेको छ । कार्यालयले आव २०७९÷८० को साउनमा भने ३ अर्ब ६१ करोड ८५ लाख २ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस