Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

चालु आवको पहिलो महिना साउनमा आयात निर्यात दुवै खुम्चियो, व्यापार घाटा १ खर्ब १६ अर्ब बढी


नया सडक

२०८१, भदौ ९ आइतबार

  • 384
    Shares

  • चालु आवको पहिलो महिना साउनमा आयात निर्यात दुवै खुम्चियो, व्यापार घाटा १ खर्ब १६ अर्ब बढी

    काठमाडौं ।चालु आर्थिक वर्षको पहिलो महिना साउनमा गत वर्षको तुलनामा व्यापार घाटा ०.३८ प्रतिशतले बढेर १ खर्ब १६ अर्ब  १५ करोड ९ लाख ७४ हजार बराबर भएको छ ।गत आर्थिक वर्षको साउन महिनामा १ खर्ब १५ अर्ब ७१ करोड ३ लाख १५ हजार बराबर भएको थियो ।

    भन्सार विभागले सार्वजनिक गरेको साउन महिनाको प्रतिवेदन अनुसार चालु आर्थिक वर्षको साउनमा आयात निर्यात गत आवको साउन महिनाको तुलनामा घटेको छ ।चालु आवको साउनमा आयात १ खर्ब २८ अर्ब ३७ करोड ७१ लख २१हजार बराबर रहेको छ भने निर्यात १२ अर्ब२२ करोड६१ लाख४७ हजार गरिएको छ ।

    गत आवको साउनमा १ खर्ब २९ अर्ब२३ करोड ८९ लाख ७१ हजार बराबरको आयात भएको थियो भने १३ अर्ब ५२ करोड ८६लाख ५६हजार बराबरको निर्यात भएको थियो ।

    प्रतिक्रिया दिनुहोस