काठमाडौँ । 2nd ICC Emerging Asia Banking Awards अन्तर्गतको Best In Digital Banking Award एन आई सी एशिया बैंकले प्राप्त गरेको छ । ‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप सम्पूर्ण बैंकिङ्ग सेवाहरू क्रमिक रुपले डिजिटल माध्यममा रुपान्तरण गरिरहेको यस बैंकलाई प्राप्त उक्त पुरस्कारले Digital Banking मा अझ बढी उत्पे्ररणा प्रदान गरेको छ ।
इण्डियन चेम्बर अफ कमर्सको 2nd ICC Emerging Asia Banking Awards अन्तर्गत २०२४ अगष्ट २३ मा भारतको नयाँ दिल्लीमा आयोजना गरिएको ‘बैंकिङ्ग कनक्लेभ २०२४’ कार्यक्रममा यस बैंकलाई उक्त अवार्ड प्रदान गरिएको थियो । यस अवार्डमा विमस्टेक अन्तर्गतका राष्ट्रहरु नेपालसहित भारत, श्रीलंका, भुटान, म्यानमार लगायतका देशहरुका बैंकहरुले प्रतिस्पर्धा गरेका थिए ।
यी देशका बैंकहरुले विभिन्न आठ विधामा प्रतिस्पर्धा गरेका थिए, जसमा नेपालबाट यस बैंकले उक्त अवार्ड प्राप्त गर्न सफल भएको हो । यस अवार्डमा उत्कृष्ट बैंक छनौट गर्नका लागि इण्डियन च्याम्बर अफ कमर्स अन्तर्गतको आर्थिक मामिला तथा नीति विभागले विभिन्न १७ वटा सूचकहरु निर्धारण गरेको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी अर्जुन खनियाले जनाएका छन् ।