Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

राजस्व अनुसन्धान विभागका ६ महानिर्देशक धपाएको बर्दिया डिस्टिलरीको त्यो फाइल अझै पनि  विभागका चोटाकोठा चहार्दै, अब महानिर्देशक घिमिरेले के गर्लान् ?


नया सडक

२०८१, भदौ १० सोमबार

  • 1.3k
    Shares

  • राजस्व अनुसन्धान विभागका ६ महानिर्देशक धपाएको बर्दिया डिस्टिलरीको त्यो फाइल अझै पनि  विभागका चोटाकोठा चहार्दै, अब महानिर्देशक घिमिरेले के गर्लान् ?

    काठमाडौं । राजस्व अनुसनधान विभागमा रहेको एक फाइलले  ६ जना  महानिर्देशकहरूलाई  धपाएको छ ।२०७८ सालमा राजस्व अनुसन्धान विभागले राजस्व छली गरेको आशंकामा छापा हानेर अनुसन्धान प्रक्रिया अगाडि बढाएको ‘बर्दिया डिस्टिलरीको फाइल’ले विभागका ६ महानिर्देशकहरूलाई धपाएको हो ।२०७८ सालमा प्रकाश पौडेल महानिर्देशक हुँदा बर्दिया डिस्टिलरी र उसका  सिस्टर कम्पनीहरूमा  विभागले छापा हानेको थियो । पौडेलको पालामा बर्दिया डिस्टिलरी र उसका सिस्टर कम्पनीहरू ओम वैभव लक्ष्मी प्रालि, चित्रालेखी सप्लायर्स, मेगाश्री सप्लायर्स, ओम शिव शिखर स्टोर्स, त्रिवेणी ट्रेड लिंक प्रालि, तानिया पश्मिना एन्ड इन्डस्ट्रिज लगायतका कम्पनीहरूमाथि राजस्व छलीको आशंकामा  अनुसन्धान प्रक्रिया अगाडि बढाइयो ।

    अनुसन्धान प्रक्रिया अगाडि बढ्दाबढ्दै विभागका  महानिर्देशक परिवर्तन भए । विभागमा २०७९/०३/०१देखि झलकराम अधिकारी आए । महानिर्देशक झलकराम अधिकारीको पालमा पनि उक्त फाइल  अनुसन्धान प्रक्रियामै रहयो । त्यसपछि २०७९/०७/१६देखि विभागको महानिर्देशकमा मदन दाहाल आए । मदन दाहालले पनि बर्दिया डिस्टिलरी र उसका सिस्टर कम्पनीहरूको कर छलीसम्बन्धी फाइल अध्ययन गर्दागर्दै गए । त्यसपछि २०७९/ १०/ २३ गते महानिर्देशकमा नारायण सापकोटा आए । सापकोटाले पनि उक्त फाइल अनुसन्धान गर्न पहल गरे । उक्त फाइलको राजस्व छली अनुसन्धान गरे । त्यसपछि २०८०/०३/१३मा महानिर्देशकमा नवराज ढुंगाना आएपछि बर्दिया डिस्टिलरी र उसका सिस्टर कम्पनीहरूको राजस्व छलीको विस्तृत अनुसन्धान भयो । महानिर्देशक नवराजकै पालामा  अनुसन्धान प्रक्रिया सकेर मुद्दा अभियोजन गर्ने प्रतिवेदन समेत स्वीकृत भयो । अभियोजन प्रतिवेदन स्वीकृत भएपछि मुद्दा हाल्ने तयारी स्वरुप रायका लागि सरकारी वकिलको कार्यालयमा  पठाइयो । सरकारी वकिलको कार्यालयले बर्दिया डिस्टिलरीको कर छलीसम्बन्धी फाइलमा थप स्पष्ट पार्नुपर्ने भन्दै थप स्पष्ट पार्न राजस्व अनुसन्धान विभागलाई निर्देशन दियो । प्रक्रिया अगाडि बढ्दै गर्दा २०८१/०१/२४ गते महानिर्देशक नवराज ढुंगानाको सरुवा भयो । त्यसपछि २०८१/०१/२६ गते महानिर्देशकको जिम्मेवारीमा चक्रबहादुर बुढा आए । चक्रबहादुर बुढा आएपछि फाइल पुनः मुद्दाका लागि अगाडि बढ्ने प्रक्रिया अनुसन्धान गरिरहेको शाखाले अगाडि बढायो । महानिर्देशक चक्रबहादुर बुढाले उक्त फाइलको अध्ययन गरी राय पेश गर्न अर्को एक शाखालाई जिम्मेवारी सुम्पे । त्यसपछि उक्त फाइलको के हुँदैछ ? कहाँ छ ? उक्त फाइलले अझै कति दिन चोटाकोठा चहार्ने हो  थाहा छैन् । 

    २०७८ सालमा राजस्व अनुसन्धान विभागले बर्दिया डिस्टिलरी र उसका सिस्टर कम्पनीहरूमा छापा हानेर सूक्ष्म अनुसन्धान थालेको राजस्व अनुसन्धान विभागले झण्डै चार वर्ष बितिसक्दा पनि मुद्दा लान सकेको छैन् ।नरबहादुर ओली , उषा धनावत र शिव अग्रवालद्वारा सञ्चालित  बर्दिया डिस्टिलरी र उसका सिस्टर कम्पनीहरू  ओम वैभव लक्ष्मी प्रालि, चित्रालेखी सप्लायर्स, मेगाश्री सप्लायर्स, ओम शिव शिखर स्टोर्स, त्रिवेणी ट्रेडलिंक प्रालि, तानिया पश्मिना एन्ड इन्डस्ट्रिजलगायतका कम्पनीहरू र त्यसका सञ्चालकहरूबाट झण्डै ४० करोड बिगो र जरिवाना मागदाबीसहित  महानिर्देशक नवराज ढुंगानाको पालमा मुद्दा हाल्ने  प्रयोजनका लागि स्वीकृत अभियोजन प्रतिवेदनमा उल्लेख गरिएको बताइएको थियो ।यी कम्पनीहरूले आयात, उत्पादन, खुद्रा बिक्रीलगायतका काम गर्दै आएका छन् । सञ्चालकका सबै कम्पनीहरूले  २० करोड रुपैया भन्दा बढी राजस्व छली गरेको त्यसबखत राजस्व अनुसन्धान विभागले निष्कर्ष निकालेको थियो । यस सम्बन्धमा राजस्व अनुसन्धान विभागका महानिर्देशक चण्डीप्रसाद घिमिरेले यो फाइललाई उच्च प्राथमिकतामा राखेर काम गर्ने नयाँ सडकलाई बताए ।

    प्रतिक्रिया दिनुहोस