Logo

Apr 20 2025 | २०८२, वैशाख ८गते

Apr 20 2025 | २०८२, वैशाख ८गते

images

बिलबीजक नभएका एक करोड ३१ लााखभन्दा बढी मूल्यका सामान बरामद

बिलबीजक नभएका एक करोड ३१ लााखभन्दा बढी मूल्यका सामान बरामद

  • वीरगञ्ज (पर्सा)। वीरगञ्जमा रु एक करोड ३१ लाख १५ हजार छ सय ९८ मूल्य पर्ने बिलबीजक नभएका औषधि तथा लत्ताकपडासहित सामान बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका–८ स्थित घण्टाघरबाट बिलबीजकभन्दा धेरै समान बोकेका दुईवटा ट्रकसहितको सामान बरामद गरेको प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी दिनुभयो ।

    उहाँले बिलबीजकभन्दा धेरै सामान बोकेका लत्ताकपडा र औषधि बोकेका ट्रकलाई आइतबार राति पक्राउ गरिएकामा राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको बतानुभयो । प्रदेश ७–०१–००१ ख ३०८८ र ना ३ ख ५१६५ नंको मालवाहक ट्रकबाट कपडा, औषधि र खुद्रा मालवस्तु लोड गरी चितवन तथा कैलालीतर्फ लैजाने क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij