Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

प्रधानमन्त्री ओली विरुद्ध नाराबाजी गरी गौरापर्व बिथोल्नेहरू मध्ये दुई जना पक्राउ , अन्य हुल्याहाहरूको खोजी


नया सडक

२०८१, भदौ १२ बुधबार

  • 366
    Shares

  • प्रधानमन्त्री ओली विरुद्ध नाराबाजी गरी गौरापर्व बिथोल्नेहरू मध्ये दुई जना पक्राउ , अन्य हुल्याहाहरूको खोजी

    काठमाडौँ । प्रहरीले  प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध काठमाडौँको टुँडिखेलमा नाराबाजी गरेको आरोपमा दुई जनालाई नियन्त्रणमा लिएको छ।गत सोमबार टुँडिखेलमा गौरा पर्वको अवसरमा आयोजित कार्यक्रममा नाराबाजी गर्दै कार्यक्रम विथोल्न खोजेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो।


    जिल्ला प्रहरी परिसर काठमाडौँले प्रधानमन्त्री ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पर्यटन मन्त्री बद्रीप्रसाद पाण्डे, वन मन्त्री ऐनबहादुर शाही, उद्योग मन्त्री दामोदर भण्डारीलगायतको उपस्थितिमा आयोजना गरिएको गौरा पर्व कार्यक्रमलाई बिथोल्न खोजेको आरोपमा उनीहरूलाई सोधपुछका लागि नियन्त्रणमा लिएको जनाएको छ ।

    सुर्खेतका गोपीराज जैसी र अछामका रामबहादुर बुढालाई नियन्त्रणमा लिइएको जनाइएको छ । कार्यक्रम बिथोल्ने अन्यहरूको खोजी कार्य भइरहेको जनाइएको छ ।पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाले कार्यक्रम बिथोल्नेहरूलाई होहल्ला गर्ने संस्कार कहाँबाट सिकेर आएको भनी आपत्ति जनाएका थिए ।प्रहरीका अनुसार अन्य हुल्याहाहरूको खोजी कार्य भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस