Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

एकीकृत समाजवादी पदाधिकारी निर्वाचनः १८ केन्द्रीय पदाधिकारी चयन


नया सडक

२०८१, भदौ १२ बुधबार

  • 354
    Shares

  • एकीकृत समाजवादी पदाधिकारी निर्वाचनः १८ केन्द्रीय पदाधिकारी चयन

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को १८ केन्द्रीय पदाधिकारीका लागि भएको निर्वाचनको परिणाम सार्वजनिक भएको छ । 

    वरिष्ठ उपाध्यक्ष पदमा राजेन्द्रप्रसाद पाण्डे मङ्गलबार नै सर्वसम्मतिले निर्वाचित हुनुभएको थियो । आज सार्वजानिक मतपरिणामअनुसार पार्टीको उपाध्यक्ष पद (महिला) जयन्ती राई, उपाध्यक्ष (मधेसी समुदाय) धर्मनाथ साह निर्वाचित हुनुभएको हो । उपाध्यक्ष ९खुला०मा जगन्नाथ खतिवडा, डा गङ्गालाल तुलाधर, भानुभक्त जोशी र प्रकाश ज्वाला निर्वाचित हुनुभएको छ ।

    यसैगरी उपमहासचिवमा राजेन्द्रकुमार राई, मेटमणि चौधरी, रामकुमार भट्टराई र गरिमा शाह निर्वाचित हुनुभएको पार्टीको निर्वाचन आयोगले जनाएको छ ।  पार्टीको सचिव पदमा ९समावेशी० बलदेव चौधरी र सचिव ९दलित० गणेश विक, सचिव ९खुला० मा शेरबहादुर कुँवर, चन्द्रबहादुर शाही, सोमप्रसाद पाण्डे, सावित्री भुसाल र श्रीनाथ बराल चयन हुनुभएको पार्टीको निर्वाचन आयोगले जनाएको छ ।

    पार्टीका १८ पदाधिकारीसहित एक सय पाँच पोलिटब्यूरो सदस्य छनोटका लागि मङ्गलबार राति मतदान भएको थियो । पोलिटब्यूरो सदस्यको मतगणना हुन बाँकी रहेकाले परिणाम साँझसम्म सार्वजनिक गरिने केन्द्रीय सदस्य आलोक रायमाझीले जानकारी दिनुभयो ।

    गत असारमा सम्पन्न महाधिवेशनले अध्यक्षपदमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाललाई सर्वसम्मत चयन गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस