काठमाडौँ । एनआरएनए मलेसियाका युवा उपाध्यक्ष नारायण अधिकारीले बीमा जगतमा इतिहास रचेका छन् ।विश्वभरका अभिकर्ताहरूको छाता संगठन मिलियन डलर राउण्ड टेबल (एमडीआरटी २४ मिनेटमै ) वान डे फाइभ टाइम्स इमर्जिङ स्टार बनी इतिहास रचन सफल भएका हुन् ।
मलेसियालाई कर्मथलो बनाइ बीमामा समेत जोडिएर काम गरिरहेका अधिकारीले हिमालयन लाइफ इन्स्योरेन्स भक्तपुर (गठ्ठाघर ) शाखाबाट २४ मिनेटमा नै बीमा गराएर वान डे एमडीआरटी तथ फाइभ टाइम्स इमर्जिङ स्टार उपाधि प्राप्त गरेका छन् । यसरी उपाधि पाउने नेपालमै अधिकारी पहिला हुन् ।अधिकारी बीमा अभिकर्ताका रुपमा सक्रिय रहि । वैदेशिक रोजगारमा रहेका नेपालीहरुको बचत गर्ने बानी बसाल्नका सथै आफुलाइ भैपरी आउँदा पुर्ण रुपमा आफू र आफना परिवारको जोखिम वहन (कभर) गर्ने हुँदा सबै श्रमिकहरुलाई बीमा गराएर सबल र सुरक्षित हुन जरुरी रहेको उनले बताए ।
आज सबल उमेरमा भोलिको लागि बीमा गर्दा नेपाल फर्कदा केही रकम जम्मा पनि हुने र कुनै समस्यामा पर्दा बीमाले जोखिम कभर पनि गर्ने हुँदा सबैको लागि बीमा फाइदाको कुरा रहेको उनले बताए ।अधिकारीले मलेसिया तथा मध्यपुर्व देशमा रहेका नेपालीहरुलाई बीमा सचेतना जगाउँदै बीमामा आवद्ध गराउँदै आएका छन् । केही महिनाभित्रमा नै मलेसियामा हिमालयन लाइफ इन्स्योरेन्सको शाखा स्थापना गर्ने र खाडीका देशमा पनि विस्तार गर्ने तयारीमा रहेको अधिकारीले बताए ।