Logo

Nov 01 2025 | २०८२, कात्तिक १५गते

Nov 01 2025 | २०८२, कात्तिक १५गते

images

पर्सा प्रहरीद्वारा बिलबीजक बिनाका ९४ लाख ९१ हजार बढीको कपडा लोड रहेका ट्रकहरू नियन्त्रणमा

पर्सा प्रहरीद्वारा बिलबीजक बिनाका ९४ लाख ९१ हजार बढीको कपडा लोड रहेका ट्रकहरू नियन्त्रणमा

  • काठमाडौं । पर्सा प्रहरीले बिलबीजक बिना ९४ लाख ९१ हजार बढीको कपडाहरू लोड गरिएका ट्रकहरू नियन्त्रणमा लिएको छ ।पर्सा जिल्ला प्रहरी कार्यालयबाट खटिगएको प्रहरी टोलीले बिलबीजक बिना ९४ लाख ९१ हजार ९सय ७४ रुपैँया बराबरको कपडा रहेका दुई ट्रक नियन्त्रणमा लिएको हो ।

    ग १ ख ६७५५ नम्बर र ना ४ ख १९९३ नम्बरका मालवाहक ट्रकहरूमा बिलबीजक बिनाका कपडा शुक्रबार १४ गते बेलुका साढे ६ बजेतिर नियन्त्रणमा लिइएको पर्सा प्रहरीले विज्ञप्ति जारी गरी जनाएको छ । प्रहरीले दुवै ट्रकसहितका कपडा थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बुझाइएको आइतबार जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij