Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

सर्तसहित एनसेलको लाइसेन्स नवीकरण


नया सडक

२०८१, भदौ १७ सोमबार

  • 261
    Shares

  • सर्तसहित एनसेलको लाइसेन्स   नवीकरण

    काठमाडौं । सरकारले निजी दूरसञ्चार कम्पनी एनसेलको अनुमतिपत्र (लाइसेन्स) पाँच वर्षका लागि नवीकरण गरेको छ । सर्तसहित एनसेलको लाइसेन्स आइतबार सरकारले  नवीकरण गरेको हो ।

    गत साता बिहीबार (१३ भदौ) मा बसेको मन्त्रिपरिषद् बैठकले एनसेलको लाइसेन्स नवीरकण गर्ने निर्णय गरेपछि मुलुकको दूरसञ्चार नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले एनसेलको लाइसेन्स पाँच वर्षका लागि नवीकरण ग¥यो ।

    लाइसेन्स नवीकरण भएको दूरसञ्चार प्राधिकरणको पत्र एनसेलले बुझेपनि  यसबारे एनसेलले औपचारिक रूपमा केही सार्वजनिक  गरेको छैन । एनसेलको लाइसेन्सको म्याद आइतबार (१६ भदौ) मा सकिएको थियो ।

    दूरसञ्चार प्राधिकरणका प्रवक्ता तथा निर्देशक सन्तोष पौडेलका अनुसार एनसेलले आइतबार थप १ अर्ब रुपैयाँ भुक्तानी गरेपछि उसको लाइसेन्स नवीकरण भएको हो । एनसेलले यसअघि १४ जेठमा ४ अर्ब रुपैयाँ बुझाएको थियो ।

    अबको पाँच वर्ष पछि एनसेल सरकारको स्वामित्वमा आउने र त्यस अनुरुप नवीकरण गराउने  नगराउने विषयमा एनसेल दुविधामा रहेको थियो । नवीकरण गराएपनि कम्पनीलाई सरकारी स्वामित्वमा जान नदिने गरी कुनै प्रयासमा भएको हुन सक्ने भएकाले नवीकरणबारे एनसेलले नखुलाएको सम्बद्ध जानकारस्रोतको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस