Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

साउन महिनामा ३२ लाख ९० हजार ७५० रुपैयाँ भन्सार मूल्य तोकिएका बहुमूल्यकोटीका ४ घडी स्विटजरल्यान्डबाट आयात


नया सडक

२०८१, भदौ १९ बुधबार

  • 336
    Shares

  • साउन महिनामा ३२ लाख ९० हजार ७५० रुपैयाँ भन्सार मूल्य तोकिएका बहुमूल्यकोटीका ४ घडी स्विटजरल्यान्डबाट आयात

    काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा ३२ लाख ९० हजार ७५० रुपैयाँ भन्सार मूल्य तोकिएका बहुमूल्य कोटीका ४ धातु घडी स्विटजरल्यान्डबाट आयात गरिएका छन् ।स्विटजरल्यान्डबाट आयात गरिने बहुमूल्यकोटीका धातु घडी गत वर्ष साउनमा ५ घडी आयात गरिएका थिए । गत वर्ष आयात गरिएका ५ घडीको भन्सार मूल्य र भन्सार राजस्वको भन्दा यो वर्ष बढी रहेको छ ।

    चालु आवको साउनमा आयात गरिएका ४ स्विटजरल्यान्डबाट आयात गरिएका बहुमूल्यकोटीका धातु घडीको भन्सार मूल्य १ करोड ३१ लख ६३ हजार रहेको र ती घडी आयातबाट भन्सार राजस्व ३९ लाख ४३ लाख असुल गरिएको भन्सार विभागको प्रतिवेदनमा उल्लेख छ ।

    भन्सार प्रतिवेदन अनुसार गत आवको साउन महिनामा स्विटजरल्यान्डबाट आयात गरिएका ५ बहुमूल्य कोटीका धातु घडीको कुल भन्सार मूल्य  १ करोड ५ लाख ४० हजार तोकिएको थियो भने ३१ लख ५७ हजार भन्सार राजस्व असुल गरिएको थियो । सो प्रतिवेदन अनुसार एक घडीको भन्सार मूल्य २१ लख  ८ हजार हुन आएको थियो । तिनको प्रति घडी भन्सार राजस्व ६लाख ३१ हजार ४ सय रहेको थियो ।  तर चालु आवको साउन महिनामा आयात गरिएको प्रति घडीको भन्सार राजस्व ९ लाख ८५ हजार ७५० असुल भएको देखिएको छ ।

     

    प्रतिक्रिया दिनुहोस