Logo

Sep 24 2024 | २०८१, असोज ८गते

images

कुमारी बैंक र काठमाडौं नेत्रालय सुपर स्पेसियालिटी आइ केयर सेन्टरबीच सम्झौता


नया सडक

२०८१, भदौ १९ बुधबार

  • 345
    Shares

  • कुमारी बैंक र काठमाडौं नेत्रालय सुपर स्पेसियालिटी आइ केयर सेन्टरबीच सम्झौता

    काठमाडौ ।  कुमारी बैंक लिमिटेड र गोल्फुटार, काठमाडौं स्थित काठमाडौं नेत्रालय सुपर स्पेसियालिटी आइ केयर सेन्टर प्रा।लि। बीच कुमारी बैंकका ग्राहकहरुलाई केयर सेन्टरबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
    यस सम्झौता अनुसार काठमाडौं नेत्रालय सुपर स्पेसियालिटी आइ केयर सेन्टरबाट कुमारी बैंकका ग्राहकहरूले चिकित्सक परामर्शरजाँच, अनुसन्धान र शल्यक्रियामा कुमारी बैंकको डेबिटरक्रेडिट कार्ड, मोबाइल बैकिङ्ग सेवाबाट रकम भुक्तानी गर्दा १०५ छुट प्राप्त गर्न सक्नेछन् । यस सुविधाबाट सेवाग्राहीहरुले गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको छ ।

    कुमारी बैंकको देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१८ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखा रहित बैंकिङ्ग ईकाईहरु रहेका छन् । बैंकले आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।

     

    प्रतिक्रिया दिनुहोस