Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

साउन १ गतेदेखि लागु हुनेगरी वैदेशिक रोजगार म्यादी जीवन बीमामा सामूहिक बीमा कोष (पुल) प्रणाली निर्देशिका जारी, यसरी हुन्छ बाँडफाँट


नया सडक

२०८१, भदौ २० बिहीबार

  • 216
    Shares

  • साउन १ गतेदेखि लागु हुनेगरी  वैदेशिक रोजगार म्यादी जीवन बीमामा   सामूहिक बीमा कोष (पुल) प्रणाली निर्देशिका जारी, यसरी हुन्छ बाँडफाँट

    काठमाडौँ । साउन १ गतेदेखि लागु हुने गरी वैदेशिक रोजगार म्यादी जीवन बीमामा  सामुहिक बीमा कोष (पुल) प्रणाली निर्देशिका जारी गरिएको छ ।नेपाल बीमा प्राधिकरणले पुल स्थापना तथा सञ्चालन सम्बन्धी निर्देशन, २०८१ जारी गरेको हो ।प्राधिकरणद्वारा जारी गरेको निर्देशन अनुसार पुलको व्यवस्थापन दुई पुनर्बीमक कम्पनी नेपाल पुनर्बीमा र हिमालय रिइन्स्योरेन्सले गर्नेछन् । यी दुई कम्पनीहरुले दैनिक रुपमा कारोबारको विवरण पुल व्यवस्थापकलाई पठाउनु पर्छ ।

    कम्पनीहरुले गरेको दाबी भुक्तानी विवरण हरेक महिना समाप्त भएको ७ दिनभित्र पुल व्यवस्थापकलाई पठाउनु पर्ने कार्यविधिमा व्यवस्था गरिएको छ । सो रकम व्यवस्थापनका लागि पुल व्यवस्थापकको छुट्टै बैंक खाता सञ्चालन गर्नुपर्ने र सो खातामा पुलमा सहभागी सबै कम्पनीहरुको वैदेशिक रोजगार म्यादी बीमा अन्तर्गतको कारोबार जम्मा हुनेछ ।

    बाँडफाँट हुने विधि 

    सामूहिक कोषमा जम्मा भएको रकम खर्च र आयको हिसाब पुल व्यवस्थापकले गर्नेछ । यसमा बीमालेख जारी गर्ने हरेक कम्पनीले चालु आर्थिक वर्ष २०८१/०८२ मा ४.६ प्रतिशत  हिस्सा पाउने छन् । आगामी आर्थिक वर्षहरूमा  २०८२/०८३ मा ५.७ प्रशितशत, आर्थिक वर्ष २०८३÷०८४मा हरेक कारोबार गर्ने कम्पनीले ६.६६ प्रतिशत हिस्सा पाउने निर्देशनमा व्यवस्था गरिएको छ । चालु आवमा कुल व्यापारको ६९ प्रतिशत कोषमा रकम सबै कम्पनीलाई बराबार भाग लगाइने  ३१ प्रतिशत रकम कम्पनीले कारोबार गरेको आधारमा बाँडफाँट गरिनेछ ।

    आव २०८२/०८३ मा ८५.५० प्रतिशत सबै कम्पनीलाई बराबर र १४.५० प्रतिशत कम्पनीको कारोबार अनुसार बाँडफाँट गरिनेछ । सोहीक्रममा  आव ०८३/०८४ मा भने ९९.९० प्रतिशत सबै कम्पनीलाई बराबर र ०.१० प्रतिशत रकम गत आर्थिक वर्षमा यस पोलिसि जारी गर्ने १० कम्पनीलाई बराबार भाग गरिन्छ ।

    निर्देशन व्यवस्था अनुसार १५ कम्पनीले उक्त भाग पाउने छन् । हाल नेपालमा ३ लघु सहित १७ जीवन बीमा कम्पनीहरु मध्ये विदेशी जीवन बीमक द्वय मेटलाईफ र लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपालले भने यो पोलिसी जारी नगर्ने भएका छन् ।

     

    प्रतिक्रिया दिनुहोस